National life
cg eloctronics

बीमा प्राधिकरणका अध्यक्ष ओझाको नियुक्ति विरुद्धको रिटमा अग्राधिकार प्रदान गर्न आदेश

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२१ जेठ २०८२, बुधबार
994Shares
बीमा प्राधिकरणका अध्यक्ष ओझाको नियुक्ति विरुद्धको रिटमा अग्राधिकार प्रदान गर्न आदेश
muktinatha bikash bank

काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको नियुक्ति विरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अग्राधिकार प्रदान गर्न आदेश दिएको छ ।

ओझाले नियुक्ति हुँदाका बखत पेस गरेका कागजपत्रहरू नक्कली रहेको दाबी सहित ओझाको नियुक्ति बदरको माग सहित परेको निवेदनमा न्यायाधीश द्वय अब्दुल आजीज मुसलमान र बालकृष्ण ढकालको संयुक्त इजलासले ओझाको नियुक्ति विरुद्ध परेको रिटको सन्दर्भमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा भएको छलफलपछि यस्तो आदेश जारी गरेको हो ।

आदेशमा भनिएको छ – प्रस्तुत निवेदनमा चाँडो निर्णय गर्नुपर्ने अवस्था समेत देखिँदा सर्वोच्च अदालत नियमावली २०७४ को नियम ७३ बमोजिम अग्राधिकार प्रदान गरी नियमानुसार पेस गर्नु ।

3 ad - 1
3 ad - 2
3 ad - 3

यस अघि नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले ओझालाई बीमा प्राधिकरणको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको थियो । सो निर्णय विरुद्ध अधिवक्ता इन्दिरा धमलाले नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा निवेदन परेको थियो

everest bank
यो समाचार शेयर गर्नुहोस्
994SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?