National life

बैंकर, निजी क्षेत्र र गभर्नरसँग अर्थमन्त्रीले गरे छलफल,अर्थतन्त्र चलायमान गराउन गभर्नरलाई निर्देशन

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२८ साउन २०८०, आइतबार
721Shares
बैंकर, निजी क्षेत्र र गभर्नरसँग अर्थमन्त्रीले गरे छलफल,अर्थतन्त्र चलायमान गराउन गभर्नरलाई निर्देशन
ncell

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले निजी क्षेत्रका तीनवटा संगठन, नेपाल राष्ट्र बैंकका गभर्नर र नेपाल बैंकर्स संघका अध्यक्षसँग छलफल गरेका छन् ।

मन्त्रि महतले आइतबार सिंहदरबारस्थित मन्त्रालयमा बोलाएर अर्थतन्त्र चलायमान गराउने विषयमा निकायहरुसँग छलफल गरेका हुन् ।

मन्त्री महतले ब्याजदर घटाउँदै आर्थिक गतिविधि कसरी बढाउने ? भन्ने विषयमा सरोकारवाला पक्षसँग छलफल गरे ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बैठकमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले अर्थमन्त्री महतलाई अर्थतन्त्र चलायमान बनाउने गरी काम गर्न आग्रह गर्दै ज्ञापन पत्रसमेत बुझाएका छन् ।

मन्त्री महतले बोलाएको बैठकमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्ट, अर्थ मन्त्रालयका वरिष्ठ सल्लाहकार पोषराज पाण्डे, अर्थ सचिव अर्जुन पोखरेल, अर्थ मन्त्रालयको वित्तीय क्षेत्र समन्वय महाशाखा प्रमुख भुपाल बराल, महासंघका अध्यक्ष चन्द्र ढकाल, परिसंघका अध्यक्ष राजेश अग्रवाल, चेम्बरका अध्यक्ष राजेन्द्र मल्ल र बैंकर्स संघका अध्यक्ष सुनिल केसी सहभागी थिए ।

छलफलमा निजी क्षेत्रले ब्याजदर घटाउने र चालु पुँजी कर्जामा लचिलो हुनेगरी नीति लिन माग गरिएको छ । छलफलमा अर्थमन्त्री महतले अर्थतन्त्र चलातमान गराउने गरी उद्योगी व्यवसायीका समस्या समाधान गर्न गभर्नरलाई निर्देशन दिए ।

 

यो समाचार शेयर गर्नुहोस्
721SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?