काठमाडौं । पछिल्लो समय विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको नाम जोडेर केही बैंकहरुको वित्तीय सूचकहरु कमजोर भएको हल्ला चलिरहेको बेलामा बैंकिङ क्षेत्रका जानकार(विज्ञ)हरुले त्यसको कटाक्ष गरेका छन् । नेपाली बैंकिङ क्षेत्र अन्तर्राष्ट्रिय मापदण्ड अनुसार चलेको र हाल कुनै पनि बैंकको विषयमा आत्तिनु पर्ने अवस्था नरहेको राष्ट्र बैंकका उच्च अधिकारी तथा विज्ञ हरुले स्पष्ट पारेका हुन् ।
आईतबार आयोजित महिला पत्रकारहरुको संस्था (फेजा) मा बोल्दै नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष भुवन दाहालले भने,‘ निक्षेप बढेको अवस्था छ । त्यस्तै ५१ प्रतिशत जति कर्जा पनि बढेको अवस्था छ ।
त्यस्तै, नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक तथा मौद्रिक अर्थशास्त्रका विज्ञ नर बहादुर थापाले कार्यक्रममा भने,‘वित्तीय क्षेत्रको स्थायीत्वमा प्रश्न उठेको छ । यसमा मलाई दुई, तीनवटा कुरा भन्न मन लागेको छ । बैंकको स्थायित्व हेर्ने काम नियमनकारी पुँजीले हो । बैंकहरुले पुँजी व्यवस्थापन गरेका छन् भने हल्लाले हल्लाउन सक्दैन । जुन बैंकले नियमनकारी पुँजी पुर्याउन सकेका छैनन् त्यस्ता बैंकहरु आत्तिने र स्थिती बिग्रीने अवस्था सिर्जना भएको हो । केन्द्रिय मापदण्ड अक्षरश पालना गर्ने बैंकहरुलाई समस्या छैन । नेपालमा ६ दिने हप्तामा कर्मचारीहरुलाई कार्यालय समयभन्दा बाहिर कर्मचारीलाई राखेका कारण उनीहरुको ओठ कापेको छ । नियमनकारीको नियम मानेको बैंकहरुलाई समस्या छैन । अहिले विश्वकै बैंक प्रणालीगत हिसाबले अघि बढेका अवस्था छन् । एउटा बैंक अलिकति तलमाथि हुँदा त्यसको असर अर्को बैंकमा पनि पर्न सक्छ । खुला अर्थतन्त्रमा बैंकहरु आउँनु, मर्जरमा जानु, बन्द हुनु सामान्य कुरा हो । बजार अनुशासन चाही मुख्य कुरा हो । यसलाई राज्य र आम नागरिकहरुले सहज ढंगले लिनु पर्छ । हाम्रो देशमा अरु देशमा जस्तो समस्या आउँदैन जस्तो लाग्छ । राष्ट्र बैंकले टेक ओभर समेत गर्न सक्छ । यसको मतलब यो होइन की राष्ट्र बैंकले व्यवस्थापन टेक ओभर गरिहाल्छ भन्ने होइन । लामो समय गडबढी भएमा मात्र गर्ने हो । बजारको भूमिकालाई आत्मसाथ गर्नु पर्छ भन्नेमा मेरो मत छ ।’
कार्यक्रममा बैंक तथा वित्तीय संस्था नियमन विभाग गुरु पौडेलले भने,‘कुनै माध्यमबाट हामीले बोल्नु पर्ने भएको थियो । साकारात्मक मोडमा जान पनि यसले मद्धत गर्छ । नेपालको बैंकिङ सिस्टम त्यस्तो कमजोर छैन । बैंकहरुले चालु आर्थिक वर्षबाट पुँजीको वर्गिकरण गर्नु पर्ने कुरा कर्डाइका साथ लागु गरिएको छ । ०.५ प्रतिशत मात्र एडिक्वेसीमा थप हुने भनेका छौं । एनपीएल ३.७ प्रतिशत समग्र इन्डस्ट्रीको रहेको छ । बैंकको स्टक लेबल कमजोर होइन तर यसको ग्रोथको रफ्तार केही कमजोर होला । तपाईहरुले नेटमा हेर्दा उहाँहरुले ५० अर्ब रुपैयाँसम्म प्रोभिजन गरिसक्नु भएको अवस्था छ । साधारणतया बैंक तथा वित्तीय संस्थाले पुँजीकोष राखेको जस्तै अन्तराष्र्टिय बजारको भन्दा राम्रो स्टयाण्डर्ड राखिएको अवस्था छ । नेट लिक्वीडेसनमा बैंक तथा वित्तीय संस्था स्वास्थ्य देखिन्छन् । यी कुराहरु मनव जीवनको सुगर, प्रेसर ठिक छ भने जस्तै छ । नेपालको वित्तीय अवस्था स्वस्थ छ । कसैले भनेर धरासायी हुने होइन । वास्तवमा बैंकिङ सेक्टर विश्वासले चल्ने हो । बैंकहरुले आफ्नो मुख्य क्षेत्रमा आधारित भएर लगानी गरिरहेका हुन्छन् । अनावश्यक हल्ला फैलिएमा केन्द्रिय बैंकले बोल्नु पर्ने हुन्छ । अहिले बैंकिङ क्षेत्र सुरक्षित रहेका छन् ।’


































