National life

बैंकिङ्ग प्रणालीको निक्षेपमा एकै दिन ४ अर्बको वृद्धि, कर्जा प्रवाहमा १ अर्बको बढोत्तरी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१७ चैत २०८१, आइतबार
806Shares
बैंकिङ्ग प्रणालीको निक्षेपमा एकै दिन ४ अर्बको वृद्धि, कर्जा प्रवाहमा १ अर्बको बढोत्तरी
ncell

काठमाडौँ  । बैंकिङ्ग प्रणालीमा भदौ १२ गते बुधवार ६४ खर्ब ५७ अर्ब बराबरको निक्षेप संकलन भएको छ।

केन्द्रीय बैंकको तथ्यांक अनुसार भदौ ११ गते मङ्गलवार ६४ खर्ब ५३ अर्ब निक्षेप संकलन भएको थियो। भदौ ११ र १२ गतेको तुलनामा गर्दा एकै दिन बैंकिङ्ग प्रणालीको निक्षेपमा ४ अर्बको वृद्धि भएको छ ।

उक्त समयमा वाणिज्य बैंकहरुबाट हुने निक्षेप संकलनमा समेत ४ अर्बले कै बृद्धि भएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
भदौ १२ गते ५७ खर्ब २७ अर्ब निक्षेप संकलन गरेका बैंकहरुले ११ गते ५७ खर्ब ३१ अर्ब निक्षेप संकलन गरेका छन।

गत मंगलबारसम्म ५१ खर्ब ८८ अर्ब कर्जा प्रवाह गरेका बैंक तथा वित्तीय संस्थाले बुधवार ५१ खर्ब ८९ अर्ब प्रवाह गरेका छन् । यसरि हेर्दा उक्त समयमा बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाहमा १ अर्बले बढेको तथ्यांकमा उल्लेख छ।

त्यस्तै, त्यस अवधिमा वाणिज्य बैंकहरुले गर्ने कर्जा प्रवाह भने स्थिर रहेको छ । बैंकहरुले मङ्गलवार र बुधवार दुवैदिन ४५ खर्ब ९१ अर्ब कर्जा प्रवाह गरेका छन् ।

उक्त समयमा औसत सीडी रेसियो पनि ७८.९५ प्रतिशतबाट बढेर ७९.०४ प्रतिशत कायम भएको राष्ट्र बैंकको तथ्यांकले जनाएको छ । भने अन्तर बैंक ब्याजदर ३ प्रतिशत कायम रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
806SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?