काठमाडौं। भारतमा डुङ्गा दुर्घटनामा परी ११ जनाको ज्यान गएको छ। दुर्घटनाको एक दिन बितिसक्दा पनि अझै ५ जना बेपत्ता छन् ।
भारतको उत्तर प्रदेशस्थित यमुना नदीमा श्रद्धालुहरू चढेको डुङ्गा पल्टिएको थियो । सोही दुर्घटनामा ११ जनाको ज्यान गएको त्यहाँको प्रहरीले जनाएको छ ।
दुर्घटनापश्चात नदीबाट २२ जनाको भने जिवितै उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको बताइएको छ।


































