National life

लघु निर्जीवन बीमा कम्पनीको व्यापार ३४ करोड बढी, नेपाल माइक्रो शीर्षस्थानमा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|११ पुस २०८१, बिहिबार
1.2kShares
लघु निर्जीवन बीमा कम्पनीको व्यापार ३४ करोड बढी, नेपाल माइक्रो शीर्षस्थानमा
ncell

काठमाडौँ । लघु निर्जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा मंसिरसम्म ३४ करोड रुपैयाँ बराबरीको व्यापार गर्न सफल भएको छ ।

आज नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार मंसिर मसान्तसम्ममा ४ वटा लघु निर्जीवन बीमा कम्पनीले १ लाख ३३ हजार ३८५ वटा बीमालेख जारी गरेर ३३ करोड ८८ लाख ७४ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

यस अवधिमा सर्वाधिक व्यापार भित्र्याउने कम्पनीहरूमा नेपाल माइक्रो अगाडि रहेको छ। कम्पनीले ३९ हजार ८६६ वटा बीमालेख बिक्री गरेर १० करोड १२ लाख ४६ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै, मंसिर अन्तिमसम्ममा प्रोटेक्टिभ माइक्रोले ३० हजार ३६१ वटा बीमालेख बिक्री गरेर ८ करोड ३१ लाख ७५ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

साथै, उक्त अवधिमा स्टार माइक्रोले ३५ हजार १०० वटा बीमालेख बिक्री गरेर ७ करोड ७२ लाख ७६ हजार रुपैयाँ र ट्रस्ट माइक्रोले २८ हजार ५८ वटा बीमालेख बिक्री गरेर ७ करोड ७१ लाख ७७ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?