National life

लघु बीमा कम्पनीलाई आफ्नो व्यवसायीक दायरा बढाउन हतार, 'पर्खिनुस् प्राधिकरण'

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३२ जेठ २०८१, शुक्रबार
777Shares
लघु बीमा कम्पनीलाई आफ्नो व्यवसायीक दायरा बढाउन हतार, 'पर्खिनुस् प्राधिकरण'
ncell

काठमाडौँ । लघु बीमा कम्पनीहरू सञ्चालनमा आएको लामो समय भएको छैन । उनीहरूले जोखिम बहन गर्ने कुरामा भर्खर बामे सर्न थालेको अवस्था छ । तर, अहिले यस्तो फिल्मी शैलीको सिनारीयो बन्न सुरु गरेको अवस्था छ कि लघु बीमा कम्पनीहरूले आफ्नो व्यवसायीक दायरा निकै साँघुरो महशुस गर्न थालिसकेका छन् ।

यस्तो समस्या मुख्य गरेर लघु निर्जीवन बीमा कम्पनीहरूमा देखिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनीहरूले आफ्नो व्यसायीक दायरा निकै कम भएकाले नै आफ्नो व्यवसाय बीमाशुल्क आर्जन अवस्था निकै खुम्चिएको बताएका छन् । एक त उनीहरूले गत वर्ष मात्रै बीमा प्राधिकरणले तोकेको दायरा पर्याप्त छ भनेर हानथाप गरेर लाइसेन्स लिएका थिए भने अहिले उनीहरू नै यस्तो अवस्थामा पुगेका छन् की लघु बीमा कम्पनीहरूको बीमाशुल्क संकलन नहुनुको एक मात्रै कारण दायरा सानो भएर हो भन्ने उनीहरूको भित्री धारणा छ । हाल लघु जीवनको दायरा ५ लाख र निर्जीवनको ५० लाख रुपैयाँ मात्रै रहेको छ ।

यस्तो अवस्थामाबाट के बुझ्न सकिन्छ भने आफ्नो कार्य क्षेत्रबाट लघु बीमा कम्पनीहरू निकै बहकिएका छन् । व्यक्ती वा संस्था त्यति बेला बहकिन्छन् जब उनीहरू आत्तिन्छन् । त्यस्तै, यसलाई यसरी पनि हेर्न सकिन्छ कि नेपालमा लघु बीमाको लागि राम्रो बजार छैन । या भनौँ अहिले जति बेल लघु बीमा गाउँ छिरे व्यवसायीक सिनारियो ठिक नहुने किसिमको समय छ ।

उनीहरुले हर प्रयास गर्दा पनि व्यवसाय बढ्ने कुनै काटाकाटै छैन । पहिलो वर्षमा नै आफ्नो व्यावसायिक अवस्था हेरेर लघु बीमा कम्पनीहरू हच्किएको देख्या नियामकीय पाटोलाई पनि औँल्याउनै पर्ने हुन्छ । एक त बीमा प्राधिकरणले उनीहरूलाई बिस्तार गर्न सकेको छैन अर्को चाही उनीहरूमा पुराना कम्पनीहरूले चलाएका बीमा मोडेलको धङधङी कायमै छ ।

ठुला तथा पुराना बीमा कम्पनीहरूले लघु बीमा कम्पनीलाई मर्जरमा लाने वा व्यवसाय बढाउने कुरा कानुन संवत नहुने बताई रहेको बेलामा लघु बीमा कम्पनीहरूले आफ्नो दायरा वृद्धी गर्न आवश्यक रहेको खाँचो औँल्याएका हुन् । पुराना तथा ठुला बीमा कम्पनीहरूले भर्खर मात्रै बीमा क्षेत्रमा मर्जरको लहरले विश्राम लिन थालेको बेलामा लघु बीमा कम्पनीहरूको व्यवसायी दायरा बढाउने वा अहिलेको मोडेलमा ठुलो फेरबदल ल्याउने हो भने त्यसले ठुला कम्पनीको व्यवसायमा ठुलो धक्का पर्न सक्ने औँल्याएका छन् । साथै, सानो माछा बचाउने दाउमा ठुला माछा मार्न नियामक निकाय कस्सिन नहुने पुराना तथा ठुला बीमा कम्पनीहरूको धारणा रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
777SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?