National life

माईक्रो इन्स्योरेन्सको एक्चुरी भ्यालुयसन नयाँ प्रणालीबाट गरिदै

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१३ असार २०८१, बिहिबार
660Shares
माईक्रो इन्स्योरेन्सको एक्चुरी भ्यालुयसन नयाँ प्रणालीबाट गरिदै
ncell

काठमाडौं ।

नेपाल बीमा प्राधिकरणले लघु बीमा कम्पनीहरुले एक्चुरी भ्यालुयसन ९बीमांकिय मूल्यांकन० तरिका परिवर्तन गर्ने भएको छ । विगतमा तीन वर्षमा बीमांकिय मूल्याकन गर्न लघु बीमा कम्पनीहरुलाई निर्देशन दिए पनि त्यसले असहजता ल्याएको कम्पनीहरु बताउँछन् । हतारमा गरिएको पुरानो निर्णयले लघु बीमा कम्पनीहरूमा संकट उत्पन्न भएकाले बीमा प्राधिकरणले नयाँ नीति ल्याउनु पर्ने बाध्यात्मक अवस्था निम्तिएको बीमा प्राधिकरण निकट कर्मचारीहरू बताउँछन् ।

नेपाल बीमा प्राधिकरणका कर्मचारीले पहिले उनीहरूले लघु बीमा कम्पनीहरुले आफ्नो बीमांकिय मूल्यांकन तीन वर्षमा गर्‍यो भने पनि समस्या पर्दैन भने त्यही योजना बनाएको भए पनि अहिले लघु बीमा कम्पनीहरुले अरू कम्पनी सरह वार्षिक रूपमा आफ्नो मूल्यांकन नगरे उनीहरूको नाफा, नोक्सानको अवस्थाका बारेमा गलत सन्देश जाने देखिएको पाइन्छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्राधिकरण निकट कर्मचारीले लघु बीमा क्षेत्रमा यस्ता समस्या सुरुवात हुन नपाई आफूहरूले अब प्रत्येक वर्षको बीमांकिय मूल्यांकन माग्ने अन्तिम तयारी गरिरहेको बताए ।

साथै, एक्चुरी भ्यालुयसन वार्षिक रूपमा मात्रै गरिने भए पनि लघु बीमा कम्पनीहरूको व्यवसायको आकार सानो हुने भएकाले सोही आधार आफूहरूले पहिले त्यस्तो निर्णय गरेकोमा जोड दिए ।

बीमांकिय मूल्यांकनको समस्या निर्जीवन लघु बीमा कम्पनीमा नभई लघु जीवन बीमा कम्पनीहरूमा देखिन थालेको हो भने लघु जीवन बीमा कम्पनीहरूबाटै गुनासो आएकाले त्यसलाई आफूहरूले सच्याउन लागेको उनीहरू स्वीकार गर्छन् ।

पछिल्लो समय लघु बीमा कम्पनीहरु आफ्नो व्यवसाय बढाउने दौडमा छन् । केही कम्पनीले उत्साहजनक व्यवसाय गरे पनि केहिले भने व्यवसायमा आकर्षण बढाउने सूत्रहरू अपनाई रहेको अवस्था छ । ठिक यस्तो अवस्थामा लघु बीमा कम्पनीले आफ्नो भ्यालुएसनको अवधि फेरबदल गर्न लागिएको हो ।

यो समाचार शेयर गर्नुहोस्
660SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?