National life

लघु बीमा कम्पनीलाई चुक्ता पुँजीको ३०% आइपिओ जारी गर्न प्राधिकरणको निर्देशन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२३ कात्तिक २०८१, शुक्रबार
755Shares
लघु बीमा कम्पनीलाई चुक्ता पुँजीको ३०% आइपिओ जारी गर्न प्राधिकरणको निर्देशन
ncell

काठमाडौँ। लघु बीमा कम्पनीहरूलाई तत्काल आइपिओ जारी गर्न नेपाल बीमा प्राधिकरणले निर्देशन दिएको छ। लघु बीमकहरुको चुक्ता पुँजी वृद्धि गर्न कायम चुक्ता पुँजीको ३० प्रतिशत आइपिओ निष्कासन गर्न प्राधिकरणले निर्देशन दिएको हो।

हाल ४ निर्जीवन लघु बीमक र ३ लघु जीवन बीमक गरी ७ वटा लघुबीमा कम्पनी सञ्चालनमा छन्।  प्राधिकरणले लघुबीमा कम्पनी सञ्चालन हुनु अगावै कम्पनीको न्यूनतम चुक्ता पुँजी ७५ करोड रुपैयाँ तोकेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यसमध्येमा ७० प्रतिशत संस्थापक शेयर धनीको लगानी रहेको छ भने बाकी ३० प्रतिशत सर्वसाधारणमा आइपिओ जारी गरिनेछ।

प्राधिकरणले आगामी वार्षिक साधारण सभामा ३० प्रतिशत आइपिओ जारी गर्ने प्रस्ताव पेश गर्न निर्देशन दिएको छ । निर्देशिका बमोजिम लघुबीमा कम्पनीहरू पब्लिक कम्पनी लिमिटेड कम्पनीको रूपमा दर्ता हुनुपर्ने र चुक्ता पुँजीको न्यूनतम ३० प्रतिशत सेयर (आइपिओ)सर्वसाधारणलाई निष्कासन गर्नुपर्नेछ ।

हाल लघुबीमा कम्पनीहरूको चुक्ता पुँजी ७५ करोड रुपैयाँ छ । कम्पनीहरूले ७५ करोड रुपैयाँ चुक्ता पुँजीको ३० प्रतिशत अर्थात् २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आइपिओ सर्वसाधारणमा निष्कासन गर्नुपर्नेछ । प्राधिकरणले लघुबीमा कम्पनीहरूलाई लाइसेन्स वितरण गर्दा चुक्ता पुँजीको ३० प्रतिशत आइपिओ जारी गरी चुक्ता पुँजी जुटाउन निर्देशन दिएको थियो । सोही बमोजिम नै प्राधिकरणले तत्काल आइपिओ निष्कासन गरी लघुबीमकको चुक्ता पुँजी वृद्धि गर्न निर्देशन दिएको प्राधिकरणले जनाएको छ ।

अधिकांश लघुबीमा कम्पनीहरूले आइपिओ निष्कासनको लागि बिक्री प्रबन्धक समेत नियुक्ति गरिसकेका छन् । हाल जीवनतर्फ क्रेष्ट माइक्रो लाइफ, गार्डियन माइक्रो लाइफ र लिबर्टी माइक्रो लाइफ सञ्चालनमा छन् भने निर्जीवनतर्फ ट्रष्ट माइक्रो, नेपाल माइक्रो, स्टार माइक्रो र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स सञ्चालनमा छन् ।

यो समाचार शेयर गर्नुहोस्
755SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?