National life

मितेरी डेभलपमेन्ट बैंकले कमायो १३ करोड बढी खुद नाफा, लाभांश क्षमता १२.८३ प्रतिशत

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२६ साउन २०८२, सोमबार
625Shares
मितेरी डेभलपमेन्ट बैंकले कमायो १३ करोड बढी खुद नाफा, लाभांश क्षमता १२.८३ प्रतिशत
ncell

काठमाडौँ । मितेरी डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । जस अनुसार बैंकले चौथो त्रैमासमा १३ करोड ४ लाख रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेको छ।

यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १०.०३ प्रतिशतले कम हो। 

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अघिल्लो आवको चौथो त्रैमाससम्म २५ करोड ९७ लाख रुपैयाँ रहेको बैंकको खुद ब्याज आम्दानी २१.३२ प्रतिशतले घट्दै २० करोड ४३ लाख रुपैयाँमा सीमित बनेको छ।

पछिल्लो समय ब्याजदर घटेका कारण बैंकको खुद व्याज आम्दानी घटेको हो। साथै, बैंकको खुद शुल्क तथा कमिसन आम्दानीमा समेत वृद्धि भएको छ । खुद शुल्क तथा कमिसन आम्दानी १ करोड ५० लाख रुपैयाँबाट बढेर ३ करोड २६ लाख रुपैयाँ पुगेको छ। बैंकको खुद सञ्चालन आम्दानी ३५ करोड ३१ लाख रुपैयाँबाट घटेर ३१ करोड २२ लाख रुपैयाँमा झरेको छ।

तर बैंकको खराब कर्जामा भने उल्लेख्य रूपमा गिरावट आएको छ । बैंकको अघिल्लो आर्थिक वर्ष ०.८१ प्रतिशत रहेको खराब कर्जा अनुपात घटाएर ०.२८ प्रतिशतमा सीमित राख्न सफल देखिएको छ। बैंकको खुद शुल्क तथा कमिसन आम्दानीमा समेत वृद्धि भएको छ । खुद शुल्क तथा कमिसन आम्दानी १ करोड ५० लाख रुपैयाँबाट बढेर ३ करोड २६ लाख रुपैयाँ पुगेको छ।

त्यस्तै, बैंकको खुद सञ्चालन आम्दानी ३५ करोड ३१ लाख रुपैयाँबाट घटेर ३१ करोड २२ लाख रुपैयाँमा झरेको छ। १ अर्ब २१ करोड रुपैयाँ चुक्ता पूँजी भएको बैंकको रिटेन्ड अर्निङ १५ करोड ६१ लाख छ। यसैगरी रिजर्भको आकार ३४ करोड ४२ लाख रुपैयाँ छ। बैंकको वितरणयोग्य मुनाफा १५ करोड ६१ लाख रुपैयाँ रहेको छ। जस अनुसार बैंकको लाभांश क्षमता १२.८३ प्रतिशत छ।

बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) १०.७१ प्रतिशत छ। प्रतिसेयर नेटवर्थ १४१.११ रुपैयाँ, मूल्य आम्दानी अनुपात ६४.२३ गुणा र तरलता अनुपात ३५.८६ प्रतिशत कायम रहेको बैंकले जारी गरेको वित्तीय विवरणमा उल्लेख छ ।

यो समाचार शेयर गर्नुहोस्
625SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?