National life

मुलुकलाई सही दिशामा हिँडाउने जिम्मेवारी काँधमा आएको सांसद वाग्लेको भनाई

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|२४ फागुन २०८२, आइतबार
1.2kShares
मुलुकलाई सही दिशामा हिँडाउने जिम्मेवारी काँधमा आएको सांसद वाग्लेको भनाई
ncell

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति एवं नवनिर्वाचित सांसद डा. स्वर्णिम वाग्लेले मुलुकलाई सही दिशामा हिँडाउने जिम्मेवारी काँधमा आएको बताएका छन्।

प्रतिनिधिसभा सदस्य निर्वाचन तनहुँ क्षेत्र नम्बर १ मा निर्वाचित भएर शनिबार प्रमाणपत्र ग्रहणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकलाई सही बाटोमा हिँडाउने जिम्मेवारी जनताले पार्टीलाई दिएको उल्लेख गरे।

अहिलेको निर्वाचनको परिणाम सौम्य शान्तिपूर्ण क्रान्ति भएको बताउँदै सांसद वाग्लेले भने, “जनताको मतको ऐतिहासिक गाम्भीर्यतालाई बुझेर मुलुकलाई सही बाटोमा अगाडि बढाउनुपर्नेछ ।”

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सांसद वाग्लेले ठूलो जिम्मेवारी काँधमा आएको बताउँदै तनहुँका जनताले गर्व गर्न लायक सांसद बन्ने बताए । आम जनताले गर्नुभएको आशा थिति बसाइदिनुहोस्, सुशासन कायम होस् भन्ने अपेक्षा पूरा गर्न आफूहरु प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

जेनजी आन्दोलनको जगमा भएको परिवर्तनको सम्बोधन गरिने बताउँदै उनले युवाहरूले आशा गर्न लायकको मुलुक बनाउने लक्ष्य रहेको बताउँदै त्यसलाई न्याय हुने गरी  अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। सो अवसरमा मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद उपाध्यायले नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा. वाग्लेलाई प्रमाणपत्र प्रदान गरेका थिए।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?