National life

रास्वपा नवलपरासी पश्चिमका सभापति महेन्द्रसिंह ठकुरी कांग्रेसमा प्रवेश, यस्तो छ कारण

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|१४ फागुन २०८२, बिहिबार
1.2kShares
रास्वपा नवलपरासी पश्चिमका सभापति महेन्द्रसिंह ठकुरी कांग्रेसमा प्रवेश, यस्तो छ कारण
ncell

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवलपरासी पश्चिम जिल्ला सभापति महेन्द्रसिंह ठकुरीले पार्टी परित्याग गर्दै नेपाली कांग्रेस प्रवेश गरेका छन्।

आज बर्दघाट–१२ मा आयोजित चुनावी आमसभामा कांग्रेसका उपसभापति विश्व प्रकाश शर्मा तथा केन्द्रीय सदस्य एवं नवलपरासी पश्चिम–१ का उम्मेदवार विनोद चौधरीले ठकुरीलाई पार्टीमा स्वागत गरेका हुन्। ठकुरीसँगै पश्चिम नवलपरासीका सयौं रास्वपा कार्यकर्ता पनि कांग्रेसमा प्रवेश गरेका छन् ।

पार्टी प्रवेशपछि सम्बोधन गर्दै ठकुरीले रास्वपाले सक्षमताको आधारमा नभई विभिन्न प्रलोभनका आधारमा चुनावी टिकट बाँडेको बताए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
“सक्षमतालाई कदर गर्न नसक्ने पार्टीमा म बस्न सक्दिनँ,” उनले भने। बदलिएको कांग्रेसको परिवेश र नेतृत्वप्रति विश्वासका कारण आफू कांग्रेसप्रति आकर्षित भएको उनको भनाइ थियो।

“रास्वपामा न्याय मरेको छ। कांग्रेसले मलाई न्याय दिएको छ, दिनेछ,” ठकुरीले दाबी गरे। उनका अनुसार रास्वपामा पारदर्शिता, न्याय र विधिको शासनको अभाव रहेको छ। “यस्तो पार्टीले देश हाँक्न सक्दैन, सामाजिक सञ्जाल मात्र हाँक्ने हो,” उनले टिप्पणी गरे।

ठकुरीले नवलपरासी पश्चिम–१ मा कांग्रेसले सबैभन्दा सक्षम उम्मेदवारका रूपमा विनोद चौधरीलाई अघि सारेको उल्लेख गर्दै उनको जित सुनिश्चित रहेको बताए। २०७९ सालको आम निर्वाचनमा ठकुरीले सोही क्षेत्रबाट १२ हजार मत प्राप्त गरेका थिए।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?