काठमाडौं। रिलायबल नेपाल लाइफ इन्सुरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा खुद नाफा ४६ करोड ५७ लाख ९६ हजार रुपैयाँ कमाएको छ। जुन अघिल्लो वर्षको तुलनामा ३६.८८ प्रतिशतले बढी हो। सैअवधिमा यस कम्पनीले ३४ करोड २ लाख ९३ हजार रुपैयाँ नाफा कमाएको थियो ।
यस अवधिमा कम्पनीको खुद बिमा शुल्क आर्जन २७.१८ प्रतिशतले बढेर ३ अर्ब ४७ करोड ९४ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, लगानी तथा कर्जाबाट हुने आम्दानी ९.५६ प्रतिशतले बढेर १ अर्ब ६ करोड ७३ लाख रुपैयाँ पुगेको छ ।
कम्पनीको जीवन बीमा कोष ३५.७१ प्रतिशतले वृद्धि भएर करीब १२ अर्ब ४४ करोड रूपैयाँ पुगेको छ। गत बर्ष ९ अर्ब १६ करोड रूपैयाँभन्दा बढी रहेको थियो।
चैत मसान्तसम्म आइपुग्दा कम्पनीको कम्पनीको चुक्ता पुँजी ४ अर्ब ६४ करोड रुपैयाँ छ । प्रतिसेयर आम्दानी ४ रुपैयाँ २ पैसाले बढेर १३ रुपैयाँ ३८ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १६७ रुपैयाँ ९७ पैसा छ ।

































