काठमाडौं । रिलायबल नेपाल लाइफ इन्सुरेन्सको आईपीओ नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बुधबार सूचीकृत भएकाे छ ।
कम्पनीकाे आईपीओ नेप्सेमा सूचीकृत भएसँगै आज आइतबारदेखि सेयर कारोबार सुरु भएको छ ।
स्पेसल प्रिओपनिङ सेसनमा यसको पहिलो कारोबार प्रतिकित्ता ४८६.६० रुपैयाँमा सुरु भएको हो ।
नेप्सेले यसको ओपनिङ रेन्ज प्रतिकित्ता १६२.२९ रुपैयाँदेखि ४८६.८७ रुपैयाँसम्म तोकेको छ । उक्त रेन्जको अधिकतम विन्दुबाट कारोबार खुला भएको हो ।
‘आरएनएलआई’ संकेतमा यसको सेयर कारोबार भएको छ । कम्पनीको चुक्ता पुँजीका आधारमा कायम कुल ४ करोड कित्ता सेयर सूचीकृत भएको थियो ।


































