काठमाडौँ। रौतहट निर्वाचन क्षेत्र नम्बर १ को प्रारम्भिक मतगणनामा रास्वपाका उम्मेदवार राजेश कुमार चौधरी शीर्ष स्थानमा देखिएका छन्। हालसम्मको विवरणअनुसार, चौधरीले ७०६ मत पाएका छन्।
दोस्रो स्थानमा जनता समाजवादी पार्टी (जसपा)का योगेन्द्र चौधरी छन्, जसले ५६७ मत प्राप्त गरेका छन्। नेकपा (एमाले)का अजय गुप्ता २८८ मतसहित तेस्रो स्थानमा छन्।
त्यसैगरी, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल हाल २२० मतसहित चौथो स्थानमा रहेका छन्।





































