National life

लगनखेल बसपार्क नजिक नक्कली नोटसहित युवक पक्राउ, प्रहरीद्वारा अनुसन्धान

max lubricant tata
Aarthik voice
Aarthik voice
३ महिना अगाडि|१० जेठ २०८३, आइतबार
1.1kShares
लगनखेल बसपार्क नजिक नक्कली नोटसहित युवक पक्राउ, प्रहरीद्वारा अनुसन्धान
ncell

काठमाडौं । ललितपुर महानगरपालिका–१२ स्थित लगनखेल बसपार्क आसपास नक्कली नोटको कारोबार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिरहा जिल्लाको लहान नगरपालिका–१५ स्थायी घर भएका १९ वर्षीय सुरज राई रहेको प्रहरीले जनाएको छ। उनलाई वडा प्रहरी कार्यालय लगनखेलबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता तथा एसपी गौतम मिश्रका अनुसार पक्राउ परेका राईबाट ५ सय दरका ८ थान नक्कली नोट बरामद गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?