National life

ललितपुर महानगरले सुरु गर्‍यो ‘समानान्तर पार्किङ’, जामलाई व्यवस्थापन गर्ने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१० भदौ २०८०, आइतबार
615Shares
ललितपुर महानगरले सुरु गर्‍यो ‘समानान्तर पार्किङ’, जामलाई व्यवस्थापन गर्ने
ncell

ललितपुर । ललितपुर महानगरपालिकाले समानान्तर पार्किङ सुरु गरेको छ । जामलाई व्यवस्थापन गर्ने लक्ष्यसहित आजदेखि

महानगर प्रमुख चिरिबाबु महर्जनले समानान्तर पार्किङ सुरु गरेका हुन् ।

आजदेखि सडकको एकपट्टि समानान्तर पार्किङ सुरु गरेको ललितपुर महानगर प्रहरी प्रमुख सिताराम हाछेथुले बताए । उनका अनुसार यसअघि सवारीलाई सडकमा छड्के पारेर राख्ने गरिएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
जसले गर्दा बाटोको आधा भाग डाक्दै आइरहेको थियो । हाछेथुले छड्केरुपमा गाडी पार्किङ गर्दा सडकको करिब २८ फिटसम्म ढाक्ने गरेको बताए ।

ललितपुरको ठुला बजारहरूको सूचीमा कुमारीपाटी पर्छ । लगनखेल जाने प्रमुख नाका समेत भएकाले यस स्थानमा धेरै जाम हुने गरेको छ । यही जामलाई व्यवस्थापन गर्ने लक्ष्यसहित महानगरले समानान्तर पार्किङ सुरु गरेकाे हाे ।

महानगरले जावलाखेलबाट लगनखेल जाँदा बायाँतर्फ पार्किङको व्यवस्था गरेको हो ।

यो समाचार शेयर गर्नुहोस्
615SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?