National life

वीरगन्ज महानगरले आर्थिक वर्ष ०८१/०८२ का लागि ल्यायो २ अर्ब ८९ करोडको बजेट

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०८ असार २०८१, शनिबार
759Shares
वीरगन्ज महानगरले आर्थिक वर्ष ०८१/०८२ का लागि ल्यायो २ अर्ब ८९ करोडको बजेट
ncell

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष ०८१र०८२ का लागि करिब ३ करोडको हाराहारीमा बजेट ल्याएको छ । शनिवार वीरगन्जको एक होटलमा आयोजित नगर सभामार्फत उपमेयर इम्तेयाज आलमले आगामी आर्थिक वर्ष ०८१र०८२ का लागि २ अर्ब ८९ करोड ४८ लाखको बजेट प्रस्तुत गरेका हुन् ।

चालू आर्थिक वर्षको तुलनामा आगामी वर्षका लागि महानगरपालिकाले ६२ करोड कम बजेट ल्याएको छ । चालू आर्थिक वर्षमा महानगरले ३ अर्ब ५१ करोडको बजेट ल्याएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नगर सभामा प्रस्तुत आगामी आर्थिक वर्षको बजेटमा चालू खर्चतर्फ २ अर्ब ४ करोड ६६ लाख अर्थात ७०।७ प्रतिशत राखिएको छ भने पुँजीगत खर्चतर्फ ८१ करोड १८ लाख ८ हजार अर्थात २८।१ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

आगामी आर्थिक वर्षका लागि महानगरले खर्च व्यहोर्ने श्रोतहरूमध्ये आन्तरिक राजश्वबाट ७९ करोड ७५ लाख, सङ्घीय अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब, २७ करोड ९० लाख, सङ्घीय राजश्व बाँडफाँटबाट २६ करोड ८० लाख छुट्ट्याएको छ ।

त्यसैगरी प्रदेश अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट ५ करोड ३५ लाख, प्रदेश राजश्व बाँडफाँडबाट २ करोड २८ लाख र नगद मौज्दातबाट १० करोड खर्च व्यहोर्ने गरी बजेट व्यवस्थापन गरिएको उपमेयर आलमले बताएका छन् ।

 

 

 

यो समाचार शेयर गर्नुहोस्
759SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?