National life

शिखर पावरले सर्वसाधारणका लागि कहिले खोल्दैछ आईपीओ ?

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|०५ फागुन २०८२, मङ्गलबार
962Shares
शिखर पावरले सर्वसाधारणका लागि कहिले खोल्दैछ आईपीओ ?
ncell

काठमाडौँ । शिखर पावर डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणका लागि फागुन १७ गतेबाट आईपीओ खुला गर्ने तयारी गरेको छ। कम्पनीले कुल १८ लाख ४२ हजार ६ सय कित्ता साधारण सेयर आम लगानीकर्तालाई बिक्रीमा ल्याउन लागेको जनाएको छ।

जारी हुने सेयरमध्ये १ लाख ११ हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ भने ४४ हजार ४०० कित्ता कर्मचारीका लागि छुट्याइएको छ। बाँकी सेयरमा सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखामार्फत आवेदन पेश गर्न सक्नेछन्। साथै, ‘मेरो सेयर’ अनलाइन प्रणाली प्रयोग गरेर पनि आवेदन दिन सकिनेछ। कम्पनीका अनुसार आईपीओ छिटोमा फागुन २२ गतेसम्म र माग नपुगेमा बढीमा चैत १ गतेसम्म खुला रहनेछ।

यस निष्कासनको बिक्री प्रबन्धकको जिम्मेवारी ग्लोबल आइएमई क्यापिटल लिमिटेडले सम्हालेको छ। कम्पनीले यसअघि नै ३२ करोड रुपैयाँबराबरको, प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यका ३२ लाख कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरिसकेको थियो।

स्वीकृत योजनाअनुसार पहिलो चरणमा माघ ६ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक तथा आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि सेयर बिक्री खुला गरिएको थियो। अब दोस्रो चरणअन्तर्गत कम्पनीले सर्वसाधारणका लागि आईपीओ जारी गर्न लागेको हो ।

यो समाचार शेयर गर्नुहोस्
962SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?