National life

शेयर बजार बढ्नुको विकल्प छैन,यस्ता छन् कारणहरु

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|११ जेठ २०८१, शुक्रबार
1.5kShares
शेयर बजार बढ्नुको विकल्प छैन,यस्ता छन् कारणहरु
ncell

काठमाडौं । शेयर लगानीकर्ताहरुका नेता राजन लम्सालले पछिल्लो समय शेयर बजारले राम्रो संकेत गरेको बताए । त्यसरी बजार सुधार हुनुको पछाडी दुई, तीनवटा कारणहरु रहेको समेत बताएका छन् ।

उनले शेयर बजार बढ्नुको कारण लिक्विडीटी निकै हाई हुनु,बैंकहरुको बेस रेट कम हुनुले शेयर बजारलाई राम्रो गर्ने जानकारी दिए।

बैंकको व्याजदर घटदा बजार बढ्ने भएकाले अहिले अधिकांश कर्मशियल बैंकले ग्राहकहरुलाई सिंगल डिजिटको प्रतिफल दिन थालेको बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यसले पनि बजारलाई बढ्वा दिने बताए ।

अर्को कुरा नेपाल राष्ट्र बैंकको पछिल्लो सर्कुलरले कोर क्यापिटलका २० प्रतिशतसम्म शेयर किन्न बाटो खुला गरेकाले त्यसले अटोमेटीक रुपमा वृद्धि सुरु हुने बताए ।

जोखिम कर्जा घटाएको अवस्थामा बैंकहरुको नाफा राम्रो देखिने भन्दै उनले बैंकको डिभिडेन्ट क्यापासिटि बढेको बेलामा बैंकमा लगानीकर्ताहरुको आकर्षण देखिने स्पष्ट पारे । उनले पछिल्लो समय बैंकतर्फ लगानीकर्ताहरु केही ढल्किएको प्रतिक्रीया दिएका छन् ।

उनले आगामी मौद्रिक नीतिलाई समेत सहज हुने किसिमका योजनाहरु बजेटबाट आफूहरुले आशा गरेको बताएका छन् ।

अहिले यही जेठ महिनाबाटै ब्रोकर कमिशन समेत घटेको भन्दै लम्सालले लगानीकर्ताहरुका लागि र बजार विकासका लागि आफूहरुले आशा गरेको बताए ।

लगानीकर्ताहरुले आगामी बजेटमा निकै ठूलो आशा नगरेको बताएका छन् । उनले क्यापिटल गेन ट्याक्स साढे चारबाट पाँच पुर्याउँन माग गरेको बताए ।

 

 

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?