National life

जहाँ करेक्सन हुनुपर्थ्यो त्यहाँ नभएकै कारण बजारमा भारी गिरावट आयो, अब घट्ने ठाउँ छैन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|११ असोज २०८१, शुक्रबार
803Shares
जहाँ करेक्सन हुनुपर्थ्यो त्यहाँ नभएकै कारण बजारमा भारी गिरावट आयो, अब घट्ने ठाउँ छैन
ncell

काठमाडौं । पछिल्लो समय शेयर बजारमा दैनिक रूपमा गिरावट आइरहेको छ । यो साता मात्रै सेयर बजारमा ९० अंक अर्थात् ३.४९ प्रतिशत घटेर २४८६ मा बन्द भएको छ । साताको अन्तिम कारोबारका दिन बिहीबार ४ अर्ब ८४ करोडको कारोबार भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

३ हजारको सूचकमा रहेको नेप्सेमा किन एकाएक पहिरो नै आयो ? बजारको तीव्र गिरावट करेक्सन की पुरानै खस्किँदो लयको सुरुवात? आर्थिक भ्वाइसले यस विषयमा विश्लेषक राजन लम्साललाई सोधेको छ । प्रस्तुत छ लम्सालको धारणा।

एमाले र कांग्रेसको सत्ता समीकरणको नयाँ सरकार आएपछि केही दिनसम्म आकासिएको शेयर बजारमा अहिले भने अस्वाभाविक उतार चढाव देखिएको छ । त्यतिबेला सबैमा ऊर्जा र विश्वास कायम थियो । यसो हुनुमा धेरैले आ आफ्नै बिश्लेषणपनि गरिरहेका छन् ।

दशैतिहारजस्ता ठुला चाडपर्व नजिकिँदै गरेको कारण तथा कतिपयले त नेपाली शेयर बजारमा परिपक्व लगानी गर्नेहरूकै कमी भएको लगायतको विश्लेषण गर्दै आएका छन् । तर अहिले बजारमा देखिएको यो समस्या क्षणिक हो भन्नेमा म चाहिँ विश्वास राखेको छु , यो काल्पिनीक विश्वास हैन तथ्यमा आधारित विश्वास हो ।

साँच्चै भन्नुपर्दा पछिल्लो केही समय यता शेयर बजारमा देखिएको यो उतारचढाव अस्वाभाविक नै छ । बजार अहिलेको यो पोजिसनमा आउनुपर्ने नै होइन । बजार जसरी घटिरहेको छ, यसरी घट्नुपर्ने अवस्था हुँदै होइन । यसमा पहिलो मुख्य कुरो त बजार २ हजार देखी ३ हजारको पोजिसनमा  आउनु नै नपर्ने हो । बिचबिचमा करेक्सन आउँदै जाँदै २२ सय, २६ , २७, २८ सय सम्ममा करेक्सन आएको भए सर्पोट पाउँथ्यो । तर एकैचोटी बढ्ने क्रम निरन्तर बढ्यो

त्यस कारणले गर्दा ५० प्रशितले बढेर गएको बजारमा मार्केटमा  त्यो भन्दा तल नै हुदा करेक्सन जोनमा जानुपर्थ्यो । अझ अचम्मको कुरो त अहिलेलाई सबै फ्याक्टरहरू पोजेटिभ नै देखिदा शेयर बजारमा यो खालको उतारचढाव अस्वाभाविक नै छ ।

तरलता पनि सहज नै छ, सरकार पनि शेयर बजार बढाउन नै लागिराखेको छ । यी सबै हिसाबले राम्रो नै छ । तर पनि बजार किन घटिरहेको छ, भन्दा पहिलो कारण त बजार पहिले धेरै बढी दियो, करेक्सन आउनुपर्ने फेजमा बढ्दै बढ्दै जाँदा करिब करिब करेक्सन सकिने फेजमा आएर बसेको छ ।

अर्को पक्ष भनेको सामान्यतया चाडपर्वको आगमन पनि मान्न सकिन्छ । चाडपर्वले गर्दा खेरी लगानीकर्ताहरूलाई अहिले जे छ, दशै तिहार रमाइलो गरी, मनाउ  त्यसपछि रिन्यु गरेर शेयरमा कारोबार गरौला भन्ने सोच पनि कतिपय लगानीकर्ताहरूमा आएको हुनसक्छ । अर्को भनेको विभिन्न कम्पनीहरूको प्रथम त्रैमासिक रिपोट पनि  असोजमा मसान्तसम्ममा कस्तो कस्तो आउँछ हेरौँ, बुझौँ जे गरे पनि त्यसपछि गरौँला भन्ने पनि लगानीकर्ताहरूलाई लागेको हुनसक्छ ।

तर अव बेच्ने मान्छेहरूको भनेको आफ्नै व्यक्तिगत वा अन्य कारणले बेच्न नै परिराखेको हुन्छ । यी सब कारणहरूले गर्दा बजारमा २–४ दिन चाप परेको हो । अबको केही दिनपछि आफ्नो बेचेर पनि पैसा नपाउने अवस्थामा पुग्न नि सक्छ अनि त्यसपछि भने यो अवस्था वाट बजार सुधारतिर जान्छ ।

माथि भनेजस्तै विभिन्न संस्थाहरूले आफूलाई राम्रो देखाउन ठुला संस्थाहरूले पनि असार मसान्तमा शेयर बिक्री गरिरहेका हुन्छन् तर यसले पनि समग्र बजारमा खासै ठुलो असर त पार्दैैन् । हामीले परिकल्पना गरेर हाम्रा लगानीकर्ताहरूको मागअनुसार सरकारले ठुलो ठुलो फण्डहरु बनाएर लगानी गर्ने संस्थाहरू, जस्तै नागरिक लगानी कोष म्युचल फण्ड, नविल बैंकको फण्ड जस्ता कुराले बजारलाई केही सघाउँछ की भन्ने थियो ।

तर उनीहरू पनि यो बजारका प्लेयरसँगै आफ्नो थिमअनुसार काम गर्न नसकेको देखिन्छ । तर यो सबै कुराहरू मलाई लाग्छ एक दुई दिनमै ठिक हुन्छ । बजारले पुनः लय समाउँछ भन्नेमा मैले विश्वास कायम राखेको छु । बजार बढ्नका लागि आवश्यक आधार सबै राम्रा छन् त्यसकारण यसलाई करेक्सनकै रूपमा लिएर विश्वास कायम राख्नुपर्छ भन्ने मेरो विश्वास छ ।

#राजन लम्साल

यो समाचार शेयर गर्नुहोस्
803SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?