National life

सन्राइज बैंकद्धारा विद्यालयहरुमा ‘प्याड एटीएम’ सहयोग

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०७ असार २०८०, बिहिबार
600Shares
सन्राइज बैंकद्धारा विद्यालयहरुमा ‘प्याड एटीएम’ सहयोग
ncell

काठमाडौं । सन्राइज बैंकले अटोमेटेड प्याड भेण्डिङ मेसिन ‘प्याड एटीएम’ प्रदान गरेको छ । बैंकले महिला स्वास्थ्य र सशक्तीकरणका लागि विद्यालयमा अध्ययनरत छात्रा तथा कार्यरत महिलालाई लक्षित गरी अटोमेटेड प्याड भेण्डिङ मेसिन ‘प्याड एटीएम’ प्रदान गरेको हो ।

बैंकले विद्यालयमा व्यवस्थित शौचालय र स्यानिटरी प्याडको व्यवस्था नहुँदा समस्या देखिएको भन्दै प्याड एटीएम प्रदान गरेको हो ।

एउटा सिक्का हाल्दा एउटा प्याड आउने ब्याट्री व्याकअपसहितको उक्त मेशिनले आवश्यक पर्दा सजिलै प्याड लिन सकिने वातावरणको सृजना हुने बैंकले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

काठमाडौंको लैनचौरस्थित शान्ति विद्यागृह माध्यमिक विद्यालय र ललितपुर एकान्तकुनास्थित महेन्द्र भृकुटी माध्यमिक विद्यालयमा उक्त मेशिन हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।

त्यस्तै मोलुङ, किन्जा, डुम्रे, देउराली, बागलुङ, वालिङ, कावासोती, बर्दिवास, तेह्रथुम, वीरेन्द्रनगर लगायत ठाउँमा पनि उक्त मेशिन सहयोग गरिएको बैंकले बताइएको छ ।

यो समाचार शेयर गर्नुहोस्
600SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?