National life

सर्वसाधारणका लागि ओम मेगाश्री फर्मास्युटिकल्सको आजबाट आइपीओ खुला

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२७ फागुन २०८१, मङ्गलबार
975Shares
सर्वसाधारणका लागि ओम मेगाश्री फर्मास्युटिकल्सको आजबाट आइपीओ खुला
ncell

काठमाडौं । (आज) फागुन २७ गते मंगलबारदेखि ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको आइपीओ सर्वसाधारणको लागि बिक्री खुला भएको छ।

यस कम्पनीले सर्वसाधारणका लागि १४ लाख ७६ हजार कित्ता आइपीओ बिक्री खुला गरेको हो। ओम मेगाश्रीको जारी पुँजी ६० करोड रुपैयाँ रहेको छ।

त्यसमध्येको ३० प्रतिशतले हुने १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता साधारण सेयरमध्ये पहिलो चरणमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि १ लाख ८० हजार कित्ता आइपीओ बाँडफाँट गरिसकेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै, ५४ हजार कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारी र ९० हजार कित्ता सेयर सामुहिक लगानी कोषलाई बाँडफाँट गरी बाँकी रहेको १४ लाख ७६ हजार कित्ता आइपीओ सर्वसाधारणलाई बिक्री खुला गरेको हो।

यस आइपीओमा प्रतिकित्ता १०० रुपैयाँको दरले आवेदन दिन सकिनेछ । यो सेयर बजारमा भित्रिने पहिलो औषधि कम्पनी हो।

 

यो समाचार शेयर गर्नुहोस्
975SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?