National life

सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँड मिति तय, साढे ९ लाखको हात खाली हुने पक्का

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२१ फागुन २०८०, सोमबार
625Shares
सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँड मिति तय, साढे ९ लाखको हात खाली हुने पक्का
ncell

काठमाडौँ। आगामी फागुन २५ गते शुक्रवारका दिन सर्वाधिक आवेदन परेको सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँड गरिने भएको छ ।

कम्पनीले गत फागुन १३ गतेदेखि १६ गतेसम्म निष्कासन गरेको आईपीओ बाँडफाँड गर्ने तयारी गरेको हो। कम्पनीले गत फागुन १३ गतेदेखि १६ गतेसम्म बुक बिल्डिङ विधिबाट स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरेको सेयरमा आवेदन नपरेको ६ लाख ८१ हजार ५३० कित्ता सहित कुल २७ लाख ७६ हजार ७६ कित्ता आईपीओ निष्कासन गरेको थियो ।

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आईपीओ बाँडफाँड कार्यक्रम फागुन २५ गते बिहान १० बने बाँडफाँड हुन लागेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
मागभन्दा १९ गुणा बढी आवेदन परेका कारण यो आईपीओको बाँडफाँड गोला प्रथाबाट गरिने क्यापिटलले जनाएको छ ।

कम्पनीको आईपीओमा १० लाख १२ हजार ३८४ आवेदकबाट १९ अर्ब ३५ करोड ६५ लाख ६ हजार ९९१ रुपैयाँ बराबरको ५ करोड ३६ लाख ३३ हजार ९९० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ । जुन मागभन्दा १९.३२ गुणा बढी हो ।

कम्पनीको आईपीओमा आवेदन दिने ९ लाख ५६ हजार ८६३ आवेदकको हात खाली हुने भएको छ । आवेदन दिएका मध्ये ५५ हजार ५२१ आवेदकको भागमा मात्रै ५० कित्ताका दरले आईपीओ पर्नेछ । भने बाकीको खाली हात हुने भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
625SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?