National life

सानिमा जिआइसीको व्यवसायमा वृद्धी, १ अर्ब ९७ करोड बढी बीमा शुल्क आर्जन

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|२९ वैशाख २०८३, मङ्गलबार
1.1kShares
सानिमा जिआइसीको व्यवसायमा वृद्धी, १ अर्ब ९७ करोड बढी बीमा शुल्क आर्जन
ncell

काठमाडौं। सानिमा जिआइसी इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त विवरण अनुसार कम्पनीको बीमा शुल्क आर्जनमा विस्तार भएको देखिन्छ।

कम्पनीले चैतसम्म १ अर्ब ९७ करोड २३ लाख कुल बीमा शुल्क आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको तुलनामा बढी हो। गत वर्षको चैतसम्म कम्पनीले १ अर्ब ६८ करोड ५६ लाख कुल बीमा शुल्क संकलन गरेको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस्तै कम्पनीको खुद बीमा शुल्क संकलन पनि बढेको छ। कम्पनीले चैतसम्म ५३ करोड ४३ लाख खुद बीमा शुल्क संकलन गरेको छ। गत वर्षको सोही समयमा कम्पनीले ४९ करोड ५२ लाख खुद बीमा शुल्क संकलन गरेको थियो।

अर्थतन्त्रमा आएको उतारचढाव लगायतका विविध कारणले कम्पनीको नाफामा भने गिरावट आएको जनाइएको छ । गत आर्थिक वर्षको चैतको तुलनामा कम्पनीको नाफामा गिरावट आएको हो। कम्पनीले चालु आर्थिक वर्षको ९ महिनामा ५ करोड १३ लाख नाफा आर्जन गरेको छ। गत आर्थिक वर्ष २०८१र८२ को यही अवधिसम्म कम्पनीले २३ करोड ३५ लाख नाफा कमाएको थियो ।

हाल कम्पनीको चुक्तापुँजी २ अर्ब १५ रहेको छ । चैतसम्म स्पेसल रिर्जभमा ७७ करोड ५२ लाख , महाविपत्ति कोषमा ४ करोड ८५ लाख, रिटेन्ड अर्निङमा १९ करोड २७ लाख र अन्य इक्विटीमा १२ करोड ३८ लाख रहेको छ। चालु आर्थिक वर्षको चैतसम्म कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी ३ रुपैयाँ १९ पैसा रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?