National life

१०० रुपैयाँभन्दा बढी सामानमा भन्सार नियमप्रति गगन थापाको असन्तुष्टि, सीमा क्षेत्रमा कडाइको आलोचना

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|१७ वैशाख २०८३, बिहिबार
1.3kShares
१०० रुपैयाँभन्दा बढी सामानमा भन्सार नियमप्रति गगन थापाको असन्तुष्टि, सीमा क्षेत्रमा कडाइको आलोचना
ncell

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सर्लाहीको सीमावर्ती क्षेत्र मधुवनीबाट फर्किएपछि त्यहाँको अवस्थाबारे गम्भीर असन्तोष व्यक्त गरेका छन् । सीमा क्षेत्रमा लागू गरिएको नयाँ भन्सार कडाइका कारण स्थानीय नागरिकको दैनिकी प्रभावित भएको भन्दै यसप्रति व्यापक असन्तुष्टि जनाएका हुन् ।

सीमा क्षेत्रको अवलोकनपछि उनले भनेका छन्, ‘१०० रुपैयाँभन्दा बढी मूल्यका सामानमा भन्सार तिर्नुपर्ने भनिएको नियम व्यवहारिक नभएको र यसले दैनिक आवतजावत गर्ने नागरिकलाई ठूलो समस्या सिर्जना गरेको छ ।

त्यहाँको अवस्थाबारे बताउँदै एक प्रतिनिधिले भनेका छन् कि सीमामा बिहान मजदुरीका लागि जाने श्रमिकसमेत साना सामानका कारण घण्टौँ रोकिनुपर्ने अवस्था बनेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
एक स्थानीय महिलाको भनाइ उद्धृत गर्दै उनले “पहिला सम्मानका साथ सीमा पार हुन्थ्यो, अहिले डर र शंका साथ पार गर्नुपर्छ” भन्ने अवस्था आएको उल्लेख गरिएको छ।

सीमा क्षेत्रमा देखिएको यो असहजताले स्थानीय जनजीवनलाई गम्भीर असर पारेको भन्दै यो नीति नागरिकमैत्री नभएको टिप्पणी गरिएको छ। यसलाई “हेपाहा प्रकृतिको नीति” भन्दै आलोचना गरिएको छ।

साथै, भन्सार विभागले समेत यो व्यवस्थाबाट उल्लेखनीय राजस्व नउठ्ने स्वीकार गरिसकेको अवस्थामा यसको औचित्यमाथि प्रश्न उठाइएको छ।

सीमावर्ती क्षेत्रका नागरिकको दैनिक जीवन, विशेषगरी महिला, विद्यार्थी, किसान र श्रमिक वर्ग सबैभन्दा बढी प्रभावित भएको बताइएको छ।

सरकारसँग उक्त व्यवस्था तत्काल पुनरावलोकन गर्न र सीमा क्षेत्रमा पहिले जस्तै सहज आवतजावतको वातावरण सुनिश्चित गर्न माग गरिएको छ।

सीमान्त क्षेत्रहरूलाई केवल भौगोलिक किनाराका रूपमा नभई देशको अर्थतन्त्र, संस्कृति र सामाजिक सम्बन्धको महत्वपूर्ण आधारका रूपमा व्यवहार गर्नुपर्ने धारणा समेत व्यक्त गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?