National life

९ वर्षपछि चीन भ्रमणमा जाँदै अमेरिकी राष्ट्रपति ट्रम्प, सी जिनपिङसँग विशेष वार्ता हुने

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|२८ वैशाख २०८३, सोमबार
2.8kShares
९ वर्षपछि चीन भ्रमणमा जाँदै अमेरिकी राष्ट्रपति ट्रम्प, सी जिनपिङसँग विशेष वार्ता हुने
ncell

काठमाडौँ। इरानसँग तनावका बीच अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चाँडै चीनको भ्रमण गर्ने भएका छन्। करिब ९ वर्षपछि कुनै अमेरिकी राष्ट्रपति आधिकारिक राजकीय भ्रमणका लागि चीन जानुलाई अर्थपुर्ण दृष्टीले हेरिएको छ ।

ट्रम्पले यही मे १३ देखि १५ सम्म चीनको राजकीय भ्रमण गर्ने चीनको विदेश मन्त्रालयले पुष्टि गरेको हो। भ्रमणका क्रममा ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अमेरिका, इजरायल र इरानबीच चलिरहेको युद्ध, होर्मुज जलसन्धिमाथिको सङ्कट र विश्वव्यापी ऊर्जा आपूर्तिको चिन्ताका बीच हुन लागेको यो भ्रमणलाई निकै महत्त्वपूर्ण मानिएको छ।

यसअघि मार्च महिनामै तय भएको यो भ्रमण मध्यपूर्वको तनावका कारण स्थगित गरिएको थियो। यस भ्रमणका क्रममा ट्रम्पले चीनका राष्ट्रपति सी चिनफिङसँग भेट गर्नेछन्। उक्त भेटमा मध्यपूर्व र होर्मुज स्ट्रेटमा जारी तनाबका विषयमा पनि छलफल हुने सम्भावना रहेको बताइएको छ।

यो समाचार शेयर गर्नुहोस्
2.8kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?