National life

मिसाइल अभाव र सुरक्षा चिन्ताबीच अमेरिकाले इरानमाथि हमला स्थगित गर्‍यो

ट्रम्पले इरानमाथिको ठूलो हमला रोके, मध्यपूर्वमा तनाव कायम

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|१० साउन २०८३, आइतबार
3.6kShares
मिसाइल अभाव र सुरक्षा चिन्ताबीच अमेरिकाले इरानमाथि हमला स्थगित गर्‍यो
ncell

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि योजना बनाइएको ठूलो सैन्य कारबाही तत्कालका लागि स्थगित गरेका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उच्चस्तरीय छलफलपछि उनले सेनालाई थप आक्रमण नगर्न निर्देशन दिएका हुन्।

अमेरिकी सैन्य अधिकारीहरूले मध्यपूर्व क्षेत्रमा तैनाथ फौजसँग रहेको हवाई रक्षा प्रणाली, विशेषगरी प्याट्रियट इन्टरसेप्टर मिसाइलको भण्डार उल्लेखनीय रूपमा घट्दै गएको जानकारी दिएका थिए। यसैबीच, शीर्ष सैन्य नेतृत्वले ठूलो आक्रमणले त्यहाँ रहेका अमेरिकी सैनिक तथा सहयोगी देशहरूको सुरक्षामा जोखिम बढाउन सक्ने चेतावनी दिएको बताइएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

रिपोर्टअनुसार, पछिल्लो समय अमेरिकाले हजारभन्दा बढी इन्टरसेप्टर मिसाइल प्रयोग गरिसकेको छ, जसले दीर्घकालीन सैन्य अभियान सञ्चालनमा चुनौती थपिएको देखिन्छ।

अमेरिकाको यो निर्णय अस्थायी हो वा दीर्घकालीन भन्ने स्पष्ट नभए पनि आवश्यक परे थप सैन्य कारबाहीका लागि तयारी अवस्थामा रहेको जनाइएको छ। यसअघि लगातार १३ रातसम्म इरानसँग सम्बन्धित लक्ष्यहरूमा आक्रमण भइरहेको थियो भने शुक्रबार राति भने यस्तो हमला भएन।

यसबीच इरानले बहराइनस्थित अमेरिकी नौसैनिक आधारमा ड्रोन तथा मिसाइल आक्रमण गरेको दाबी गरिएको छ, जसका कारण विस्फोटका घटना भएका छन्।

उता, जोर्डनमा हालै भएको हमलामा तीन अमेरिकी सैनिकको मृत्यु भएपछि अमेरिकाभित्र चिन्ता थपिएको छ। उक्त घटनामा एउटा ब्यालिस्टिक मिसाइलले सुरक्षा घेरा भेदेको बताइएको छ।

दुई सातादेखि जारी तनावबीच शनिबार पहिलो पटक राति आक्रमण नभएको हो। तर सम्भावित जोखिमलाई ध्यानमा राख्दै अमेरिकाले मध्यपूर्व क्षेत्रमा थप सैन्य शक्ति र हतियार परिचालन गरिरहेको छ।

सैन्य विश्लेषकहरूका अनुसार अमेरिकाले इरानका ऊर्जा पूर्वाधार, यातायात सञ्जाल तथा संवेदनशील आणविक केन्द्रहरूलाई लक्षित गर्ने विकल्पहरू पनि तयार अवस्थामा राखेको छ।

यो समाचार शेयर गर्नुहोस्
3.6kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?