National life

इरान–इजरायल तनावबीच ट्रम्पको कडा सन्देश: सम्झौता वासिङ्टनले तय गर्ने

हालसम्म आक्रमणबाट ठूलो मानवीय वा भौतिक क्षतिको पुष्टि नभएको भए पनि केही स्थानमा सामान्य क्षति भएको आशंका गरिएको छ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|२५ जेठ २०८३, सोमबार
4.7kShares
इरान–इजरायल तनावबीच ट्रम्पको कडा सन्देश: सम्झौता वासिङ्टनले तय गर्ने
ncell

वासिङ्टन । मध्यपूर्वमा इरान र इजरायलबीचको तनाव फेरि बढिरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई अमेरिका–इरान सम्भावित सम्झौता स्वीकार गर्नुपर्ने स्पष्ट सन्देश दिनुभएको छ।

इरानले युद्धविरामपछि पहिलोपटक इजरायलतर्फ ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेलगत्तै ट्रम्पको यस्तो अभिव्यक्ति सार्वजनिक भएको हो। फाइनान्सियल टाइम्ससँगको टेलिफोन कुराकानीमा उनले इरानसँगको नीति र सम्भावित सम्झौतामा अन्तिम निर्णय वासिङ्टनकै हुने बताएका छन्।

ट्रम्पका अनुसार इजरायलले अमेरिकाको कूटनीतिक पहललाई स्वीकार गर्नुपर्नेछ र यसमा अर्को विकल्प नरहने संकेत गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनले इरानसँगको वार्ता आक्रमणका कारण प्रभावित नहुने भन्दै संवाद प्रक्रिया जारी रहने स्पष्ट पारे।

यसअघि सोमबार इरानले इजरायलतर्फ क्षेप्यास्त्र प्रहार गरेको थियो, जसलाई युद्धविरामपछि भएको पहिलो प्रत्यक्ष आक्रमणका रूपमा लिइएको छ। घटनापछि इजरायलले आफ्नो प्रतिरक्षा प्रणाली सक्रिय गर्दै विभिन्न क्षेत्रमा साइरन बजाएको थियो र नागरिकलाई सुरक्षित स्थानमा जान निर्देशन दिएको थियो।

इजरायली रक्षा बल (आइडीएफ) ले क्षेप्यास्त्र पहिचान गरी प्रतिरक्षा प्रणालीमार्फत रोक्ने प्रयास गरिएको जनाएको छ। इजरायली वायु सेनाले पनि आक्रमणको पुष्टि गर्दै सुरक्षा तयारी उच्च पारिएको बताएको छ।

हालसम्म आक्रमणबाट ठूलो मानवीय वा भौतिक क्षतिको पुष्टि नभएको भए पनि केही स्थानमा सामान्य क्षति भएको आशंका गरिएको छ।

यसैबीच, अमेरिकी सञ्चारमाध्यम एक्सियोसले ट्रम्प र नेतान्याहुबीच टेलिफोन वार्ता भएको उल्लेख गर्दै इरानको आक्रमणको तत्काल जवाफी कारबाही नगर्न ट्रम्पले सुझाव दिएको जनाएको छ।

यसअघि इजरायलले लेबनानको बेरुतस्थित हिज्बुल्लाहको मुख्यालयलाई लक्षित गरी हवाई आक्रमण गरेको थियो, जसपछि क्षेत्रीय तनाव अझ बढेको छ।

इरान, इजरायल र लेबनानमा विकसित पछिल्ला घटनाक्रमले मध्यपूर्वको सुरक्षा अवस्था थप जटिल बनेको छ। एकातर्फ अमेरिका इरानसँग कूटनीतिक सम्झौता अघि बढाउने प्रयासमा छ भने अर्कोतर्फ इजरायलसँगको रणनीतिक सम्बन्धलाई पनि सन्तुलनमा राख्नुपर्ने दबाबमा देखिएको छ।

यो समाचार शेयर गर्नुहोस्
4.7kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?