National life

अमेरिका–चीन सम्बन्धमा नयाँ अध्याय सुरु गर्ने तयारी, २०२६ लक्ष्य वर्ष

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|३१ वैशाख २०८३, बिहिबार
1.8kShares
अमेरिका–चीन सम्बन्धमा नयाँ अध्याय सुरु गर्ने तयारी, २०२६ लक्ष्य वर्ष
ncell

काठमाडौँ । चीन भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ समकक्षी सी जिनफिङसँगको भेटलाई गौरवको विषय भएको बताएका छन्। उनले दुवै नेताबीचको सम्बन्ध सकारात्मक रहेको उल्लेख गर्दै विगतका मतभेदहरू संवादमार्फत समाधान गरिएको बताए।

ट्रम्पले आफ्नो सम्बोधनमा दुई देशबीच समस्या देखिँदा प्रत्यक्ष कुराकानीबाट छिटो समाधान निकालिएको अनुभव साझा गरे। आगामी दिनमा अमेरिका–चीन सम्बन्ध अझ सुदृढ हुनेमा आफू आशावादी रहेको पनि उनले बताए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनले यस भ्रमणमा विश्वका प्रमुख व्यवसायिक व्यक्तित्वहरूलाई साथमा ल्याएको उल्लेख गर्दै चिनियाँ बजारप्रति अमेरिकी निजी क्षेत्रको रुचि र विश्वास पनि प्रकट गरे। ट्रम्पले राष्ट्रपति सीलाई सक्षम नेतृत्वको रूपमा प्रशंसा गर्दै व्यक्तिगत सम्बन्धलाई समेत महत्त्वपूर्ण माने।

उता, राष्ट्रपति सी जिनपिङले अमेरिका र चीनबीच प्रतिस्पर्धाभन्दा सहकार्यको आवश्यकता औंल्याए। उनले दुवै राष्ट्रले एकअर्काको विकासमा सहयोग पुर्‍याउँदै नयाँ युगअनुसार महाशक्तिहरूबीचको सम्बन्धको नमुना निर्माण गर्नुपर्ने बताए।

सीले सन् २०२६ लाई अमेरिका–चीन सम्बन्धका लागि नयाँ सुरुवातको वर्ष बनाउने लक्ष्य राखिएको उल्लेख गर्दै ट्रम्पसँग सहकार्य गर्न चीन तयार रहेको जनाए। साथै, अमेरिकाको स्वतन्त्रताको २५०औँ वार्षिकोत्सवका अवसरमा उनले अमेरिकी जनता र ट्रम्पलाई शुभकामना पनि व्यक्त गरे।

उनले वर्तमान विश्व परिवेश तीव्र रूपमा परिवर्तन भइरहेको र अस्थिरता बढ्दै गएको उल्लेख गर्दै विश्व शान्ति र स्थायित्वका लागि दुवै देशले संयुक्त भूमिका खेल्नुपर्नेमा जोड दिए।

यो समाचार शेयर गर्नुहोस्
1.8kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?