National life

विदेश घुमघाममा १० महिनामा १ खर्ब बाहिरियो

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२६ जेठ २०८०, शुक्रबार
967Shares
विदेश घुमघाममा १० महिनामा १ खर्ब बाहिरियो
ncell

काठमाडौं । चालू आर्थिक वर्षको १० महिनामा नेपालीहरुले विदेश भ्रमण तथा शैक्षिक क्रियाकलापमा १ खर्ब रुपैयाँ बढी खर्च गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्षको साउन यता भ्रमण शीर्षकमा कूल १ खर्ब २ अर्ब ४९ करोड रुपैयाँ बाहिरिएको हो ।

जसमध्ये ७५ अर्ब १४ करोड रुपैयाँ शिक्षाको नामममै विदेश पलायन भएको राष्ट्र बैंकको तथ्यांक छ । अघिल्लो वर्षको सोही अवधिमा कूल भ्रमण व्यय (खर्च) ७५ अर्ब ७३ करोड रहेकोमा शिक्षातर्फको व्यय ५१ अर्ब ३४ करोड रुपैयाँ रहेको थियो ।
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अघिल्लो वर्षको तुलनामा यस वर्ष शिक्षातर्फको खर्च ४६.३५ प्रतिशतले वृद्धि भएको हो ।
यसै अवधिमा सेवा आय (आम्दानी) तर्फ ५१ अर्ब ८८ करोड रुपैयाँ आयात भएकोमा ५७ अर्ब ७४ करोड रुपैयाँ घाटा लागेको केन्द्रीय बैंकले जनाएको छ । अघिल्लो वर्षको यसै अवधिमा सेवा आय ७७ अर्ब १८ करोडले घाटामा गएको थियो ।

यो समाचार शेयर गर्नुहोस्
967SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?