काठमाडौँ. । राजावादीहरूको प्रदर्शनमा घाइते भएका एक युवकको उपचारको क्रममा मृत्यु भएको छ ।
महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उनको उपचारको क्रममा मृत्यु भएको हो । शुक्रवार दिउँसो घाइते घाइते भएका कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको उपचारका क्रममा मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ।
प्रदर्शनमा घाइते भएका उनलाई तत्काल उपचारका लागि टिचिङ अस्पताल पुर्याइएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको हो।
त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. सुवास आचार्यका अनुसार घाँटीमा गोली लागेर आएका थिए।
४ः ३० बजे अस्पताल ल्याउँदा अस्पताल आउँदा नै मृत्यु भएको थियो ।
































