National life

श्रृजनशील लघुवित्तद्धारा वार्षिक साधारण सभा आह्वान, यस्ता छन् प्रस्तावहरु

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२६ जेठ २०८०, शुक्रबार
667Shares
श्रृजनशील लघुवित्तद्धारा वार्षिक साधारण सभा आह्वान, यस्ता छन् प्रस्तावहरु
ncell

काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले चौथो वार्षिक साधारण सभा आह्वान गरेको छ । सभा कम्पनीको केन्द्रिय कार्यालय गोलबजार न.पा ७ चोहर्वा सिराहामा बिहान ११ बजे शुरु गर्ने जनाएको छ ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन माथि छलफल गरि पारित गर्ने छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सभाले बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन, २०७३ को दफा ६३ तथा कम्पनी ऐन, २०६३ को दफा ११ अनुसार वित्तीय संस्थाको आव ०७९/०८० को लेखापरीक्षक नियुक्ति गर्ने र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्ने छ ।

साथै, सभाले लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ असार मसान्त सम्मको वासलात, आव ०७८/०७९ को नाफा नोक्सान हिसाव, सोहि अवधिको नगद प्रवाह विवरण एवम् सो सँग सम्बन्धित अनुसुचीहरु पारित गर्ने छ ।

सभाले नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धित्तोपत्र बोर्ड लगायत अन्य नियमनकारी निकायहरुबाट प्रबन्ध पत्र तथा नियमावलीमा भएका संशोधन थप उपर नियमनकारी निकायबाट कुनै विषयमा थप संशोधन गर्न वा भाषिक संशोधन गर्न वा फेरबदल गर्न कुनै निर्देशन वा सुझाव दिएमा, सो मुताविक संशोधन गर्ने प्रस्तालाई पनि पारित गर्ने छ ।

यो समाचार शेयर गर्नुहोस्
667SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?