National life

बिक्दैनन् फलफूलका बिरुवा

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२८ जेठ २०८०, आइतबार
613Shares
बिक्दैनन् फलफूलका बिरुवा
ncell

गुल्मी । गुल्मीको रेसुंगा नगरपालिका-९ मा वीरबहादुर कार्कीले उत्पादन गरेका बिरुवालाई बजारीकरणको समस्या देखिएको छ। रेसुंगा मदाने जडीबुटी तथा कृषि उत्पादन प्रशोधन प्रालि दर्ता गरेर १६ वर्षदेखि उनी बिरुवा उत्पादनमा सक्रिय छन्।

उनले भने, ‘बाहिरी जिल्लाबाट बिरुवा भित्रिन्छन्। तर जिल्लाका बिरुवा बिक्री नहुँदा नर्सरीमा बिरुवा खेर गइरहेका छन्।’

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनले सुन्तला, कागती, टिमुर, अनार, किबी, चियापत्ती, अम्बा, कुरिलो र धुपीलगायत दर्जनौँ बिरुवा उत्पादन गर्दै आएका छन्। विभिन्न कार्यालयले किसानलाई विभिन्न प्रकारका बिरुवा वितरण गर्दै आए पनि ती बिरुवा जिल्ला बाहिरबाट भित्रिएका छन्। सदरमुकाममै नर्सरी रहे पनि उनी बिरुवा बिक्री नभएपछि पिरलोमा छन्।

गुल्मीको रेसुंगा नगरपालिका-९ मा वीरबहादुर कार्कीले उत्पादन गरेका बिरुवालाई बजारीकरणको समस्या देखिएको छ।

कार्कीको नर्सरीमा हाल सुन्तला, कागती, टिमुर, अनार, किबी, चियापत्ती, अम्बा, कुरिलो, धुपी, मौसम, गुलाफ, मनकामना, श्रीखण्ड, रुद्राक्ष, स्ट्रबेरी, सुगर फ्री, अंगुर र तरकारीजन्य सबै बिरुवा पाइन्छन्। बिरुवाबाट वार्षिक सातदेखि १७ लाख रुपैयाँसम्म आम्दानी गर्ने कार्की यस वर्ष बिरुवा बिक्री नहुने चिन्तामा छन्।

छपन्न वर्षीय कार्कीले बजारीकरणको ‘ग्यारेन्टी’ भएमा उत्पादन बढाउने बताए। तर, बिरुवा बिक्री नभएपछि लगानी घटाउँदै गएको उनको गुनासो छ।

‘किसानलाई बिरुवा वितरण गर्ने कार्यक्रम गुल्मीमा बर्सेनि चल्छन’, उनले भने, ‘माटोसुहाउँदो बिरुवा भए पनि हाम्रो बिक्री हुन्न, बाहिरी जिल्लाबाट खरिद हुन्छ’, सामुद्रिक सतहबाट एक हजार पाँच सयको उचाइमा उत्पादित बिरुवा होचो वा अग्लो दुवै स्थानका लागि उपयुक्त हुने भए पनि बिरुवा बिक्रीमा समस्या देखिएको हो।

कार्कीसँग अहिले कागती रु ४० हजार, सुन्तला ३० हजार, टिमुर १५ हजार, अनार सात हजार, कुरिलो पाँच हजार, धुपी तीन हजार र अन्य बिरुवा एक हजारभन्दा माथिका रहेका छन्। उनले सुन्तला २३, कागती २५, टिमुर ६०, किबी एक सय ५० र अम्बा प्रतिबिरुवा ५० रुपैयाँमा विक्री गर्छन्।

उनले विसं २०६४ मा २० हजार रुपैयाँबाट सुरु गरेको नर्सरी अहिले ४६ लाख रुपैयाको पुगेको छ। विगत १६ वर्षदेखि प्रत्येक वर्ष लगानी बढाउँदै गएका व्यवसायी कार्की बिरुवा बिक्री नहुन थालेपछि लगानी घटाउने सोचमा छन्।

कार्कीसँग अहिले कागती रु ४० हजार, सुन्तला ३० हजार, टिमुर १५ हजार, अनार सात हजार, कुरिलो पाँच हजार, धुपी तीन हजार र अन्य बिरुवा एक हजारभन्दा माथिका रहेका छन्।

उनले हाल सात रोपनी जग्गामा बिरुवा उत्पादन गरिरहेका छन्। यसमा दुई रोपनी निजी र पाँच रोपनी जग्गा भाडामा छन्। भाडामा लिएको जग्गाको वार्षिक १५ हजार रुपैयाँ भाडा उनले तिर्दै आएका छन्। कार्कीलाई श्रीमती रेनुले नर्सरीमा सघाउँदै आएकी छिन्। नर्सरीबाट औसतमा दैनिक पाँच जनाले रोजगारी पाएका जनाइएको छ।

उनले दुई वर्ष अगाडि एउटा टनेल घर निर्माण गर्न रेसुंगा नगरपालिकाबाट एक लाख रुपैयाँ अनुदान लिएको नर्सरी सञ्चालक कार्कीले बताए।

‘अनुदान नपाएको भन्ने मेरो गुनासो नै छैन’, उनले भने, ‘उत्पादित बिरुवाको बजार ग्यारेन्टी भए पुग्छ।’

उनी मालिका गाउँपालिका-५ छापहिलेका स्थायी बासिन्दा हुन्। राजनीति र कृषि पेसामा सक्रिय उनी विगत १६ वर्षदेखि जिल्ला सदरमुकाम तम्घासमा बस्दै आएका छन्। उनी नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा गुल्मी जिल्ला इञ्चार्जको जिम्मेवारीमा छन् । रासस

यो समाचार शेयर गर्नुहोस्
613SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?