National life

सन् २०२३ मा विश्वव्यापी उर्जाको मागमा अत्यधिक वृद्धि : अन्तर्राष्ट्रिय उर्जा निकाय

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२८ साउन २०८०, आइतबार
494Shares
सन् २०२३ मा विश्वव्यापी उर्जाको मागमा अत्यधिक वृद्धि : अन्तर्राष्ट्रिय उर्जा निकाय
ncell

पेरिस/सिन्ह्वा । अन्तर्राष्ट्रिय उर्जा निकाय (आईईए) ले सन् २०२३ मा पेट्रोलियम पदार्थको विश्वव्यापी माग वृद्धि हुने प्रक्षेपणलाई परिमार्जन गर्दै मागमा थप वृद्धि हुने जनाएको छ ।

पेरिसस्थित आईईएले आफ्नो मासिक प्रतिवेदनमा भनेको छ, “जुन र अगस्टमा विश्वमा पेट्रोलियम पदार्थको माग दैनिक १० करोड ३० लाख ब्यारेल पुगेको छ ।”“सन् २०२३ मा विश्वव्यापीरुपमा पेट्रोलियम पदार्थको माग दैनिक २२ लाख ब्यारेलबाट बढेर १० करोड २२ लाख ब्यारेल प्रति दिन पुग्ने अनुमान गरिएको छ,” प्रतिवेदनमा भनिएको छ । आईईएले भनेको छ, “एसियाली विशाल देश चीनको माग पनि अपेक्षाभन्दा बलियो भएको र यो ७० प्रतिशत वृद्धि हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अर्थव्यवस्थाको कमजोर अवस्थाको बारेमा निरन्तर चिन्ताको बावजुद चीनको उर्जाको माग नयाँ उचाइमा पुगेको छ ।”“यो बर्षको ग्रीष्म कालमा हवाई यात्रामा भएको वृद्धि, विद्युत् उत्पादनमा तेलको बढ्दो प्रयोग र बढ्दो चिनियाँ पेट्रोकेमिकल गतिविधिका कारण विश्वमा तेलको माग उच्च विन्दुमा पुगेको छ,” आईईएले भनेको छ ।

सन् २०२३ मा विश्वव्यापी मागमा हुने पूर्वानुमानित विस्तारले यसको ‘अहिलेसम्मकै उच्च वार्षिक स्तर’ लाई चिह्नित गर्नेछ । आईईएले फेबु्रअरीमा यस वर्षको लागि पेट्रोलियम पदार्थको माग प्रति दिन १०१.९ मिलियन ब्यारेल पुग्ने र यसले वार्षिक उच्च विन्दुमा पु¥्याउने भविष्यवाणी गरेको थियो ।गत जुलाईमा तेलको आपूर्तिमा आएको गिरावटका कारण विश्व बजारमा देखिएको तनावबीच तेलको माग बढ्दो अवस्थामा देखिएको हो ।

गत महिना साउदी अरबले तेलको मूल्य वृद्धिका लागि उत्पादनमा गरेको तीव्र कटौतीका कारण २३ राष्ट्रको ओपेक प्लस गठबन्धनको उत्पादन प्रतिदिन १२ लाख ब्यारेलबाट घटेर ५०.७ लाख ब्यारेल प्रति दिनमा झरेको थियो ।गैर–ओपेक सदस्यराष्ट्रद्वारा उत्पादन मात्रामा वृद्धि गरी ५०.२ लाख ब्यारेल प्रतिदिन पुर्याएका छन् ।

सन् २०२४ मा विश्व जलवायु परिवर्तनसँग जुध्न र जीवाश्म ईन्धनको प्रयोग कम गर्न दौडधुप गरिरहेको बेला आईईएले माग वृद्धिमा कमी आउने अनुमान गरेको छ ।महामारीपछिको पुनरुत्थानको गति समाप्त हुँदै गएको र कमजोर आर्थिक अवस्था, कडा दक्षता मापदण्ड र नयाँ विद्युतीय सवारी साधनको प्रयोगमा जोड दिइएकाले सन् २०२४ मा आर्थिक वृद्धि दर एक लाख ब्यारेल प्रतिदिनमा खुम्चिने अनुमान गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
494SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?