National life

सहरी श्रेत्रमा माग बढेसँगै जङ्गलमा निगुरो टिप्नेको सङ्ख्या ह्वात्तै बढ्याे

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१३ असार २०८०, बुधबार
593Shares
सहरी श्रेत्रमा माग बढेसँगै जङ्गलमा निगुरो टिप्नेको सङ्ख्या ह्वात्तै बढ्याे
ncell

बेलबारी । सहरी श्रेत्रमा माग बढेसँगै जङ्गलमा निगुरो टिप्नेको सङ्ख्या ह्वात्तै बढेको छ । अग्र्यानिक तरकारीका रूपमा परिचित निगुरो पूर्वी नेपालका जङ्गलमा प्रशस्त मात्रामा पाइन्छ ।

मोरङको पथरी, कानेपोखरी, लेटाङ, भाउन्ने, बेलबारीलगायत सामुदायिक वनमा निगुरो टिप्न बिहानैदेखि साँझसम्म स्थानीयको भीड लाग्छ । सयौं परिवारको गुजारा निगुरो टिपेरै चलेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
राजमार्ग आवतजावत गर्ने यात्रुको कोसेलीको रोजाइमा परेको छ यहाँको निगुरो ।

बेलबारी–१० भाउन्नेकी ६८ वर्षिया आच्छामाया राईले दैनिक ३० देखि ४० मुठासम्म निगुरो टिप्दै आएको बताईन् । निगुरो २५ रूपैयाँ प्रतिमुठा बेच्ने गरेको राई बताउँछिन् । उनिजस्तै सयौँ महिला यस क्षेत्रमा निगुरो टिपेरै आम्दानी गरिरहेका छन्।

भाउन्नेमा विगत २८ वर्षदेखि निगुरोको व्यापार गर्दै आएकी भद्रमाया भट्टराईका अनुसार केही वर्ष अघिसम्म अहिलेको जस्तो निगुरो काठमाडौँ पठाइन्नथ्यो । “बजारको खोजीमा इटहरी, दमक, बिर्तामोडसम्म पुर्याउनुपथ्र्यो तर अहिले अरुले टिपेर ल्याएको निगुरो हामीले सङ्कलन गर्छौँ र हामीबाट काठमाडौँका व्यापारीले किनेर लैजान्छन्”, भद्रमायाले भनिन्।

यस क्षेत्रबाट दैनिक निगुरो राजधानीलगायत अन्य सहरमा बिक्रीका लागि लैजाने गरेका लक्ष्मी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सुजय गौतमले बताए। वार्षिक झण्डै एक करोड रूपैयाँ भन्दा बढीको निगुरो यहाँबाट बिक्रीका लागि लैजाने गरिएको छ । मोरङमा एक सय ३४ सामुदायिक वन छन् । पथरी, बेलबारी, कानेपोखरी र सुन्दरहरैँचाका सामुदायिक वनमा धेरै मात्रामा निगुरो पाइन्छ ।

जिल्ला वन कार्यालय मोरङका डिभिजन वन अधिकृत विष्णुलाल घिमिरे निगुरोसम्बन्धी कार्यक्रम सामुदायिक वनको कार्ययोजनामै राख्न लगाउने बताउँछन् । चैत दोस्रो हप्तादेखि जङ्गलमा टिप्न मिल्ने निगुरो असोज अन्तिमसम्म टिप्न सकिन्छ । तर यो वर्ष निगुरो सुक्खा खडेरीले गर्दा वैशाखसम्म पलाउन सकेको थिएन ।

कृषिविज्ञ डा राजेन्द्र उप्रेतीका अनुसार निगुरो एक उन्यू प्रजातिको वनस्पति भएकाले यसले चिस्यान क्षेत्र रोज्ने गरेको र त्यस क्षेत्रमा मात्र राम्ररी फस्टाउँछ । समयमा पानी नपरेर जमिन सुक्खा हुँदै गएमा निगुरो मासिन सक्ने डा उप्रेती बताउँछन्। निगुरोमा प्रोटिन, भिटामिन, क्याल्सियमलगायत पोषकतत्व पाइन्छ । रासस

यो समाचार शेयर गर्नुहोस्
593SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?