काठमाडौँ । किसान सङ्घ, सङ्गठनहरूले स्वदेशी कृषि उत्पादनलाई प्रोत्साहन गर्न सरकारसँग माग गरेका छन् । विभिन्न ६ वटा कम्युनिस्ट पार्टी निकट किसान सङ्घ, सङ्गठनहरूले संयुक्त विज्ञप्ति जारी गर्दै स्वदेशी कृषि उत्पादनलाई प्रोत्साहन गर्न र आम किसानहरूमा पर्न गएको समस्याहरूको समाधान गर्न माग गरेका हुन् ।
उनीहरुले आम किसानहरूमा पर्न गएको समस्याहरूको तत्काल समाधान गर्न माग गरेका हुन् । उनीहरुले देशको सार्वभौमिकता रक्षाका लागि पनि सरकारलाई ध्यानाकर्षण गराएका छन् ।
विज्ञप्तिमा भनिएको छ,‘नेपालको १७३ वटा सीमा नाकाहरूमध्ये १५ वटामा क्वारेनटाइन व्यवस्था गएकोमा हाल आठ वटा नाकामा रहेको क्वारेनटाइनले मात्र काम गरिरहेको र सात वटा निष्क्रिय भएको हुँदा ती सक्रिय रहेका आठवटा बाट आयातित कृषि उत्पादनलाई अनिवार्य क्वारेनटाइन गर्ने नीतिगत व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गराउन आवश्यक छ ।’
साथै पूर्वी पहाडी जिल्लाहरू सङ्खुवासभा, ताप्लेजुङ, ओखलढुङ्गा र पाँचथरमा आएको भीषण बाढी पहिरोले किसानहरूको ठुलो जन धनको क्षति भएकोमा पीडित परिवारलाई यथेष्ट क्षतिपूर्ति प्रदान गर्न उनीहरुले भनेका छन् ।
यस्तो छ विज्ञप्ति :



































