National life
cg eloctronics

किसानको बक्यौता घटाउँदै डीडीसी, दूध सङ्कलन १ लाख ५० हजार लिटर पुर्‍याउने लक्ष्य

डीडीसीको नयाँ योजना : दूध सङ्कलन बढाउनेदेखि विदेशमा उत्पादन बेच्नेसम्म

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|१८ भदौ २०८३, बिहिबार
1.3kShares
किसानको बक्यौता घटाउँदै डीडीसी, दूध सङ्कलन १ लाख ५० हजार लिटर पुर्‍याउने लक्ष्य
muktinatha bikash bank

काठमाडौं । लामो समयदेखि किसानको दूधको बक्यौता, उत्पादनको ठूलो मौज्दात र वित्तीय दबाब झेल्दै आएको दुग्ध विकास संस्थान (डीडीसी) ले आफ्नो कारोबारलाई पुनः व्यवस्थित गर्दै दैनिक १ लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने लक्ष्य अघि सारेको छ।

हाल किसानबाट दैनिक करिब ६५ हजार लिटर दूध खरिद गर्दै आएको डीडीसीले आगामी दिनमा थप ८५ हजार लिटर सङ्कलन बढाउने योजना बनाएको हो। त्यसका लागि दूध उत्पादनको सम्भावना भएका क्षेत्रमा सङ्कलन केन्द्र विस्तार गर्ने, किसानलाई नियमित भुक्तानी दिने र बिक्री सञ्जाल फराकिलो बनाउने रणनीति संस्थानले लिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

डीडीसीका महाप्रबन्धक डा. शरणकुमार पाण्डेका अनुसार किसानको विश्वास कायम गर्न नियमित भुक्तानीलाई प्राथमिकतामा राखिएको छ। दूध उत्पादन र बजारको सम्भावना भएका स्थान पहिचान गरी आवश्यक पूर्वाधार थप्दै देशभर सङ्कलन तथा बिक्री सञ्जाल विस्तार गर्ने तयारी भइरहेको उनले बताए।

उनका अनुसार चार महिनाअघि करिब ७२ करोड रुपैयाँ रहेको किसानको बक्यौता अहिले घटेर २० करोड रुपैयाँमा झरेको छ। पछिल्लो साढे तीन महिनाको अवधिमा मात्रै करिब ७० करोड रुपैयाँ किसानलाई भुक्तानी गरिएको उनले जानकारी दिए। अब मासिक र त्यसपछि १५ दिनको अन्तरमा दूधको रकम भुक्तानी गर्ने प्रणाली विकास गर्ने लक्ष्य रहेको उनको भनाइ छ।

everest bank

डीडीसीले मौज्दातमा रहेका दुग्धजन्य पदार्थको परिमाणसमेत उल्लेख्य रूपमा घटाएको जनाएको छ। गत वैशाखमा जिम्मेवारी सम्हाल्दा करिब ६०० टन धुलो दूध, ५०० टन बटर र १० टन पनिर मौज्दात रहेकोमा अहिले धुलो दूध करिब १२० टन र बटर १२५ टनमा झरेको संस्थानले जनाएको छ।

बजार विस्तारतर्फ पनि डीडीसीले नयाँ रणनीति अघि सारेको छ। काठमाडौँमा डीडीसीका १५ वटा छुट्टै बिक्री काउन्टर सञ्चालनमा ल्याइएको र दैनिक कारोबार करिब ५०–६० लाख रुपैयाँबाट बढेर १ करोड रुपैयाँ हाराहारी पुगेको महाप्रबन्धक पाण्डेले बताए।

त्यस्तै, काठमाडौँमा दैनिक दूध बिक्री करिब ६० हजार लिटरबाट बढेर ७२ हजार लिटर पुगेको छ। दूध सङ्कलनसमेत दैनिक करिब ५० हजार लिटरबाट बढेर ६५ हजार लिटर पुगेको संस्थानले जनाएको छ।

डीडीसीले स्वदेशी बजारसँगै अन्तर्राष्ट्रिय बजारमा समेत उत्पादन विस्तार गर्ने प्रयास थालेको छ। खाडी मुलुकमा घ्यू निर्यात सुरु भइसकेको र हालै दुबईमा ५०० किलो घ्यू पठाइएको पाण्डेले बताए। वार्षिक ५० हजार किलो घ्यू निर्यात गर्ने सम्झौतासमेत भएको उनको भनाइ छ।

चिज र पेडालगायत उत्पादनका लागि दक्षिण कोरिया, मलेसिया र जापानबाट माग आउन थालेको तथा ती बजारमा निर्यातका लागि छलफल भइरहेको डीडीसीले जनाएको छ। बजारको मागअनुसार नयाँ उत्पादन थप गर्ने क्रममा ‘स्लाइस चिज’ बजारमा ल्याउने तयारीसमेत भइरहेको छ।

मोफसलमा उत्पादन तथा बजार विस्तार गर्ने योजनाअन्तर्गत पोखरामा उत्पादन केन्द्र सञ्चालनका लागि सम्झौताको प्रक्रिया अघि बढाइएको छ। हाल डीडीसीले करिब २० प्रकारका दुग्धजन्य उत्पादन बिक्री गर्दै आएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?