National life

उचित मूल्यको माग गर्दै किसानको अनौठो विरोध, माइतीघरमा गोलभेँडा पोखियो

तरकारीको मूल्य नपाएपछि किसान आक्रोशित, माइतीघरमा प्रदर्शन

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|३१ असार २०८३, बुधबार
1.1kShares
उचित मूल्यको माग गर्दै किसानको अनौठो विरोध, माइतीघरमा गोलभेँडा पोखियो
ncell

काठमाडौं । तरकारी उत्पादनको उचित मूल्य नपाएको भन्दै किसानहरूले राजधानीको माइतीघर क्षेत्रमा अनौठो शैलीमा विरोध प्रदर्शन गरेका छन्। बिहानै भेला भएका उनीहरूले गोलभेँडा सडकमा फ्याँक्दै आफ्नो असन्तुष्टि व्यक्त गरेका हुन्।

प्रदर्शनमा सहभागी किसानहरूले आफूहरूले उत्पादन गरेको तरकारीको लागतसमेत नउठ्ने अवस्था आएको गुनासो गरेका छन्। किसानका अनुसार बिचौलियाको कारण किसानले उचित मूल्य नपाएको भन्दै दबाब सिर्जना गर्न यस्तो विरोध गर्नुपरेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कृषि फार्मबाटै गोलभेँडा ल्याएर प्रदर्शनमा सहभागी भएका किसानहरूले न्यूनतम समर्थन मूल्य निर्धारण, कृषि बीमा कार्यान्वयन र बिचौलिया नियन्त्रण गर्न माग गरेका छन्। उनीहरूले हातमा विभिन्न नारासहितका प्लेकार्डसमेत प्रदर्शन गरेका थिए।

किसानहरूले राज्यले कृषि क्षेत्रप्रति गम्भीर ध्यान नदिँदा आफूहरू निरन्तर घाटामा परेको भन्दै समस्या समाधानका लागि ठोस कदम चाल्न सरकारसँग आग्रह गरेका छन्।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?