National life
cg eloctronics

अविरल वर्षाको असर मौरीपालनमाः चरन क्षेत्रका मौरीघार बगायो

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|३१ असार २०८३, बुधबार
1.3kShares
अविरल वर्षाको असर मौरीपालनमाः चरन क्षेत्रका मौरीघार बगायो
muktinatha bikash bank

चितवन। अविरल वर्षापछि आएको बाढीका कारण चितवनको रत्ननगर क्षेत्रमा मौरीपालन व्यवसायमा क्षति पुर्‍याएको छ।

पालिकाको मनिखोला र लालपर्सा क्षेत्रमा चरनका लागि राखिएका मौरीघार बगाउँदा तथा मौरीगोला नष्ट हुँदा करिब रु ६० लाखबराबरको प्रारम्भिक क्षति भएको अनुमान गरिएको छ।

रत्ननगर नगरपालिकाको कृषि विकास शाखाका प्रमुख प्रवीण लामाका अनुसार रत्ननगर –११ अन्तर्गत पन्कन्या सामुदायिक वन क्षेत्रस्थित मनिखोला र रत्ननगर – ९ को लालपर्सामा राखिएका मौरीघार सोमबार परेको अविरले वर्षाको बाढीले बगाएको तथा मौरीगोला नष्ट गरेको हो। अधिकांश घारमा मह निकाल्ने समय भइसकेकाले थप आर्थिक क्षति भएको उनले बताए।

3 ad - 1
3 ad - 2
3 ad - 3

मनिखोला क्षेत्रमा शंकर भट्ट (रत्ननगर–१२) का २५० घार, रोशन विक (रत्ननगर–४) का ७० घार र दिनेश ढकाल (भरतपुर–१४) का ९५ घार गरी ४१५ घार प्रभावित भएका छन्। यस क्षेत्रमा केही घार सुरक्षित अवस्थामा फेला पर्ने सम्भावना रहे पनि अधिकांश मौरीगोला नष्ट भएको कृषि शाखा प्रमुख लामाले बताए।

त्यसैगरी लालपर्सा क्षेत्रमा लोकप्रसाद पराजुली (खैरहनी)का ९० घार, दीपक थापा (रत्ननगर–४) का ९० घार र एकबहादुर गुरुङ (रत्ननगर–३) का ९० घार गरी २७० घार प्रभावित भएका छन्। तीमध्ये करिब २५० घार बाढीले पूर्ण रूपमा बगाएको र केही घारमात्रै भेट्टाएर सुरक्षित स्थानमा सारिएको प्रमुख लामाले जानकारी दिए। पानीको बहाव उच्च भएकाले सबै घार रहेको स्थानमा पुगेर यकिन विवरण संकलन गर्न अझै कठिनाइ भइरहेको उनको भनाइ छ।

everest bank

“बाढीपछि केही घार भेटिए पनि अधिकांशका मौरीगोला नष्ट भइसकेका छन्। लालपर्सामा प्रभावित २७० घारमध्ये करिब २५० घार बाढीले बगाएको छ। एउटा घारको औसत मूल्य करिब रु १० हजार पर्छ। अधिकांश घारमा मह निकाल्ने समय भएकाले प्रतिघार चारदेखि पाँच किलोग्रामसम्म मह उत्पादन हुने अवस्थामा थियो। घारसँगै मौरीगोला र उत्पादन हुन लागेको महसमेत नष्ट हुँदा किसानलाई प्रारम्भिक रूपमा कम्तीमा ६० लाखबराबरको क्षति भएको अनुमान गरेका छौँ”, प्रमुख लामाले भने।

नगरपालिकाले प्रभावित क्षेत्रको थप स्थलगत अनुगमन गरी विस्तृत क्षतिको विवरण संकलन गरिरहेको उनले जानकारी दिए।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?