National life

सलिकोद्वारा सूचकांकमा आधारित धान उत्पादनमा हुने ह्रास सम्बन्धी बीमालेख जारी

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|१२ असोज २०८३, सोमबार
325Shares
सलिकोद्वारा सूचकांकमा आधारित धान उत्पादनमा हुने ह्रास सम्बन्धी बीमालेख जारी
ncell

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल बीमा प्राधिकरणबाट स्वीकृति लिई“अत्यधिक वर्षाको सूचकांकमा आधारित धान उत्पादनमा हुने ह्रास सम्बन्धी बीमालेख” जारी गरेको छ। उक्त बीमालेखको अबधि २०८३ असोज ७ गतेदेखि २०८३ मंसिर ७ गतेसम्मको लागि लागू हुनेछ ।

अत्यधिक वर्षाका कारण धान उत्पादनमा हुन सक्ने सम्भावित क्षतिको जोखिमलाई सूचकांकका आधारमा सम्बोधन गरि क्षतिपुर्ती प्रदान गर्ने उद्देश्यले ल्याइएको यस बीमालेख अन्तर्गत कैलाली, कञ्चनपुर, धनुषा, सिराहा, सर्लाही, बाँके, बर्दिया, दाङ र कपिलवस्तु जिल्लाका धान उत्पादक किसानहरू समेटिएका छन्। यस बीमालेख जारि गर्नको लागि PlantSat by Seed Innovations Pvt.

Royal Enfield
nic asia capital
Ltd. को साझेदारी रहेको छ।

यस बिमालेखमा प्रति कट्ठा रु. १,५९५ बीमाङ्क रकम कायम गरिएको छ । बीमालेख जारी भएको पहिलो दिनमै अर्थात् २०८३ असोज ७ गते नै करिब १,३०५ जना किसानको बीमालेख जारी गरिएको छ भने करिब ३,३०४ कट्ठा क्षेत्रफलको धानको बीमा गरिएको छ । कम्पनीले एकै दिनमा ति सम्पूर्ण बीमालेखहरू जारी गरेको हो ।

अत्यधिक वर्षाको सूचकांकका आधारमा क्षतिपूर्ति

यस बीमालेखअन्तर्गत किसानलाई व्यक्तिगत रूपमा भएको क्षतिको मूल्याङ्कनका आधारमा नभई तोकिएको तीन दिनको अधिकतम सञ्चित वर्षा (मि.मि.) को सूचकांकमा आधारित रहि क्षतिपूर्ति प्रदान गरिनेछ ।

सरल र स्वचालित दाबी भुक्तानी प्रक्रिया

यस बीमालेखको प्रमुख विशेषता यसको सरल तथा स्वचालित दाबी भुक्तानी प्रक्रिया हो । तोकिएको सूचकांकअनुसार दाबी भुक्तानीका लागि योग्य अवस्था सिर्जना भएमा किसानले बीमा कम्पनीमा छुट्टै दाबी फाराम, कागजात वा दाबीसम्बन्धी विवरण पेश गर्नुपर्ने छैन ।

सूचकांकका आधारमा भुक्तानी हुन योग्य ठहरिएको दाबी रकम किसानको बैंक खातामा सिधै जम्मा हुने व्यवस्था गरिएको छ । यसले किसानलाई दाबी प्रक्रियामा आवश्यक पर्ने कागजी प्रक्रिया तथा लाग्न जाने अतिरिक्त समयबाट राहत प्रदान गर्नेछ ।

सूचकांकमा आधारित यस बीमालेखमार्फत अत्यधिक वर्षाका कारण धानको उत्पादन कम भई हुन जाने आर्थिक जोखिमलाई सरल, पारदर्शी तथा प्रविधिमा आधारित प्रक्रिया मार्फत सम्बोधन गर्दै किसानको संभावित आर्थिक क्षतिको जोखिम व्यवस्थापनमा सहयोग पुग्ने कम्पनीले विश्वास लिएको छ।

यो समाचार शेयर गर्नुहोस्
325SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?