काठमाडौं। कर्मसियल भेहिकलमा अग्रणी रहेको नेपालका लागि आधिकारिक बिक्रेता बतास एमएडब्लु आइसरले ग्लोबल एनुयल कन्फ्रेन्स थाइल्यान्डमा आयोजित कार्यक्रममा स्ट्रङ रिभाईभल इन सेल एण्ड कस्टुमर सर्भिस २०२३।२४ अवार्ड जित्न सफल भएको छ ।
बतास र एमएडब्लू बीच एकताको पहिलो बर्षमै कम्पनिले अन्र्तराष्ट्रिय स्तरको सफलता चुमेको हो । पहिलो बर्षमा नै आइसर इन्डियाले आइसरको बिक्री बितरण तथा ग्राहक सेवामा ठुलो र अग्रणी परिवर्तन महशुस गरेको बताइएको छ ।
नेपाल अधिराज्यभरका बिभिन्न स्थानहरुमा सेल्स तथा एक्सचेन्ज कार्यक्रमहरु गरी ग्राहकहरुलाई प्रत्यक्ष रुपमा सेवा विस्तार गरेको छ । साथै कर्मचारीहरुलाई विभिन्न ट्रेनिङ्गहरु पनि प्रदान गर्दै आएको छ र भक्तपरुमा टे«निङ्ग भवन स्थापना गरी दक्ष जनशक्ति उत्पादनमा टेवा पुग्ने कम्पनीको लक्ष्य रहेको छ । माइलेजको बादशाह भनेर चिनिने आइसर ग्राहकको पहिलो रोजाइ बनेको कम्पनिको भनाइ छ ।
प्रतिकुल अवस्थामा पनि ग्राहकहरुप्रतिको सेवामा निरन्तर इमान्दारिताका साथ सेवा प्रदान गर्दै आइराखेको र ग्राहकहरुबाट पनि सोही अनुरुपको साथ र सहयोगका लागि कम्पनिका कार्यकारी निर्देशक तथा सि ई ओ दिपक अग्रवाल ज्यूले यस सफलताका लागि ग्राहक वर्गमा तथा सम्पूर्ण कर्मचारी प्रति विश्वास र समर्थनका लागि आभार व्यक्त गरे ।
स्कुल बसमा अग्रणी नं १ को रुपमा रहेको आइसरका बस तथा अन्य व्यवसायिक सवारी साधनको बिक्री बितरण गर्दै कम्पनीले बजारमा नयाँ आयाम थप्नुका साथै ११ शाखाहरु, ४ डिलर र १६ टच पोइन्टका साथ देशैभर सेवा बिस्तार गरेको छ । विगत ४० वर्षदेखि आइसरले नेपालको व्यवसायिक सवारीको क्षेत्रमा व्यवसायिक सवारी साधनहरू उपलब्ध गराउँदै आएको छ । आइसर बिश्व भर ५० भन्दा बढी देशहरूमा फैलिएको छ । आइसरले भोल्भो र आइशरको संयुक्त परियोजनामा विविध मूल्य र प्रयोजनका लागि नयाँ प्रविधिका साथ विभिन्न उत्पादनहरू बजारमा उपलब्ध गराउदै आइरहेको छ ।


































