National life

इलेक्ट्रिक–क्रसओभर ओरा ०३ को नेपालमा बिक्री सुरु, यस्ता छन् सुविधा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१७ भदौ २०८०, आइतबार
518Shares
इलेक्ट्रिक–क्रसओभर ओरा ०३ को नेपालमा बिक्री सुरु, यस्ता छन् सुविधा
ncell

काठमाडाैं । नेपालमा इलेक्ट्रिक–क्रसओभर 'ओरा-०३' को बिक्री सुरु भएकाे छ । नेपालमा जि.डब्लु.एम.

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सवारी साधनको आधिकारिक बितरक भि.जी. इम्पेक्स प्रालिले आफ्नो बहुप्रतिक्षित इलेक्ट्रिक–क्रसओभर 'ओरा-०३' को डेलिभरी सुरु गरेको हाे ।

जि.डब्लु.एमले ओ'रा-०३' का लागि जेठ ३, २०८० मा बुकिङ खुला गरिएको थियो र बुकिङ घोषणा गरेदेखि नै यस रेट्रो–मोर्डनिस्टिक इलेक्ट्रिक क्रसओभरका लागि ग्राहकहरूबाट निकै राम्रो प्रतिक्रिया आइरहेको कम्पनीले जनाएको छ ।

प्रिमियम लेथरेट सिट, पानोरोमिक सनरुफ, पावर एडजस्टेबल ड्राइभर सिट, डुअल १७.२५ ईञ्च इन्टिग्रेटेड डिस्प्ले टच, एडप्टिभ क्रुज कन्ट्रोल, वायरलेस चार्जर आदि जस्ता आधुनिक सुविधाहरूसहितको यसको टाईमलेस एक्सटेरियर र आकर्षक ईन्टेरियरलाई ग्राहकहरूले मन पराइरहेका छन् ।

ओरा-०३ मा ४८ किलोवाटको ब्याट्रीको साथ ४०० केएमएसको प्रभावशाली ड्राइभिङ्ग रेञ्ज रहेको छ । सुरक्षाको पक्षमा, ओरा ०३ देशका थोरै विद्युतीय सवारीहरूमध्ये एक हो जसले एनसीएपी र यूरो एनसीएपी दुवैमा फाइभ स्टारको रेटिङ पाएको छ ।

ओरा ०३ मा सीक्स ओमनि डायरेक्शनल एयरब्याग, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, ३६० डिग्री भ्यू क्यामेरा, अटोमेटिक भेहिकलहोल्ड, एन्टी–लक ब्रेकिङ सिस्टम, इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल, ट्र्याक्सन कन्ट्रोल सिस्टम आदि जस्ता सुरक्षा सुविधाहरू छन् ।

यो समाचार शेयर गर्नुहोस्
518SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?