National life

इलेक्ट्रिक स्कुटर ‘ओकाया’का सबै उपलब्ध मोडेलहरू नेपालमा बिक्री हुने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२९ असोज २०८०, सोमबार
640Shares
इलेक्ट्रिक स्कुटर ‘ओकाया’का सबै उपलब्ध मोडेलहरू नेपालमा बिक्री हुने
ncell

पुल्चोक । निम्बस इन्टरनेशनल कम्पनी प्रा.लि. इलेक्ट्रिक स्कुटर ओकाया स्कुटरका सबै उपलब्ध मोडेलहरूको नेपालमा आधिकारिक विक्रीको घोषणा गरेको छ । सोमबार पुल्चोकस्थित ओकाया स्कुटर शोरुममा भव्य शुभारम्भ कार्यक्रममार्फत यो घोषणा गरिएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्रभावशाली रेन्ज र गति एकपटकको चार्जमा १४०–१६० किमीको असाधारण रेन्ज र ७० किमी प्रतिघण्टाको उच्च गति भएको कम्पनीले बताएको छ ।

अत्याधुनिक प्रविधि २००० डब्लु–बिएलडिसि–हब मोटरद्वारा सञ्चालित र उच्च क्षमताको ७२ भि ३० ए एच ८ २ (४.४ के डब्लुएच) लिथियम आयन एल एफ पी ब्याट्री जसले कडा सुरक्षा मापदण्डहरू पूरा गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले स्कुटरमा तीन वर्षको वारेन्टी पनि समावेश रहेको र ब्याट्री, मोटर सवारहरू दुवैलाई निश्चिन्तता प्रदान गरेको बताएको छ ।

स्टाइलिस रङहरूको विविधताः ओकाया स्कुटर छ वटा बेग्लाबेग्लै आकर्षक रङहरूमा उपलब्ध हुने जनाएको छ ।

कम्पनीका अनुसार ओकाया इलेक्ट्रिक भेइकल्सद्वारा भारतमा निर्मित ओकाया स्कुटरले नेपालमा तीन वटा फरक मोडलहरू प्रदान गरेको छ ।

निम्बस इन्टरनेशनलद्वारा इलेक्ट्रिक स्कुटर ‘ओकाया’का सबै उपलब्ध मोडेलहरू बिक्रीको घोषणा

यो समाचार शेयर गर्नुहोस्
640SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?