काठमाडौं । झण्डै एक दशक लामो समय अटोमोवाइल क्षेत्रमा काम गरेका अटो अनुभवी दीपक कुमार अग्रवालले अबको भविष्य विद्युतीय सवारी साधन (ईभी) कै रहेको बताएका छन् । लामो समय अटोको अनुभव संगाल्दै दुई साताअघि मात्र जगदम्बा मोटर्स छाडेका अग्रावलले विभिन्न संचार माध्यममा अटोमोवाइल क्षेत्रको समाचार लेख्दै आएका पत्रकारहरुसँग छलफल गर्दै यस्तो बताएका हुन्।
यद्यपि, अहिले अर्थतन्त्रमा समस्या देखिएको कारण बजारमा केही बिक्री घटेको बताउँदै अग्रवालले यो तत्काल नसुध्रिएपनि विशेष परिस्थितिलाई मनन् गर्दै व्यवसायीहरुले धैर्य रहनुपर्ने बताए ।
दीपक अग्रवालले अटोमोवाइल क्षेत्रमा आउनुअघि वित्तिय क्षेत्रमा पनि काम गरेका थिए । शिक्षण, उत्पादन हुँदै अटोमोवाइल क्षेत्रमा आएर स्थापित भएका अग्रवाल नेपालमा व्यवसाय गर्नेहरुले सामाजिक क्षेत्रमा खर्च गर्ने आँट नदेखाएको बताउँछ्।
‘नेपालमा चार पाङ्ग्रेको तुलनामा दुई पाङ्ग्रे विद्युतीय गाडीको मार्केट बढ्न सकेको छैन, उनले भने, ‘अहिले केही राम्रा २ पाङ्ग्रे बजारमा उपलब्ध भएपनि चल्तीका ठूला ब्रान्डको उत्पादन बजारमा नआएसम्म ग्राहकको आत्मविश्वास बढ्ने छैन ।’
नाडा अटोमोवाइल एशोसियशन अफ नेपालमा दुईपांग्रे एसम्बिलङ समितिका सहसभापति समेत रहेका अग्रवालले एसेम्बिङ उद्योग बढ्नु सुखद भएको बताए । एसेम्बलिङबाटै अधिकांश देश उत्पादनको बाटोमा अग्रसर भएको बताउँदै उनले भने, ‘सरकारले दीर्घकालीन् नीति ल्यायो भने एसम्बल उद्योगसँगै पार्टस्का उद्योग खुल्न सक्छन् । नेपालमै भ्यालु एड गर्न सकिए बंगलादेश, पाकिस्तान जस्ता बजारमा नेपालबाटै उत्पादन गरेर पठाउन सकिन्छ ।’
नेपालमा एसम्बल भएका दुई पाङ्ग्रे साधनमा गुणस्तर राम्रो रहेको उनको भनाई थियो । अहिले उत्पादक कम्पनीबाटै सबै पार्टस् ल्याएर जाडन गर्ने भएकाले गुणस्तरमा प्रश्न गर्ने ठाउँ नभएको उनको दाबी छ ।


































