National life

ई भी र्‍यालीसँगै हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु, विद्युत खपत बढाउने सन्देश प्रवाह

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१२ वैशाख २०८१, बुधबार
791Shares
ई भी र्‍यालीसँगै हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु, विद्युत खपत बढाउने सन्देश प्रवाह
ncell

काठमाडौँ– विद्युतीय सवारी (ई भी) र्‍यालीसँगै हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को आयोजनामा भइरहेको हिमालयन हाइड्रो एक्स्पो विद्युत् खपत बढाउने सन्देश सहित सुरुवात गरिएको हो।

र्‍यालीको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले उद्घाटन गरेका छन् । चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पोको सुरुवात अघि बिहान विद्युतीय सवारी प्रवर्द्धन र विद्युत् खपत बढाउने सन्देश दिँदै ई भी र्‍याली  आयोजना गरिएको इप्पान अध्यक्ष गणेश कार्कीले जानकारी दिए।

उद्घाटनका अवसरमा बोल्दै ऊर्जा मन्त्री बस्नेतले इप्पानले लगानी सम्मेलनको पूर्व सन्ध्यामा आयोजना गरेको हिमालयन हाइड्रो एक्स्पोले लगानी सम्मेलनलाई अझै सार्थक बनाउने विश्वास व्यक्त गरे ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

‘हाइड्रो एक्स्पो अघि सुरु भएको यो र्‍यालीले स्वदेशी बिजुली खपत बढाउन र विद्युतीय सवारी प्रवर्द्धनमा समेत सहयोगी साबित हुनेछ’ उनले भने । हाइड्रो एक्स्पो नेपालको विद्युत् क्षेत्रमा लगानीको वातावरण बनाउन सहयोगी साबित हुने बस्नेतले विश्वास व्यक्त गरे ।

इप्पान अध्यक्ष गणेश कार्कीले हाम्रो बिजुली हामी आफै खपत गरौं भन्ने  उद्देश्यले ई भी र्‍याली आयोजना गरेको बताए । सरकारे सन् २०३५ सम्ममा १३ हजार मेगावाट बिजुली खपत गर्ने लक्ष्य लिएको र यसलाई समेत यस्ता विद्युतीय सवारी र्‍याली आयोजना गरेर प्रवर्द्धन गर्नुपर्ने बताए ।

‘सरकारले सन् २०३५ सम्ममा २८ हजार ५०० मेगावाट उत्पादन र १३ हजार स्वदेशमा खपतको लक्ष्य लिएको छ । यसलाई सार्थक बनाउन पनि ई भी र्‍यालीले सहयोग गर्छ ।’ उनले भने।

एक्स्पो व्यवस्थापक इभेन्ट सोलुसनका प्रबन्धक बिजयसागर प्रधानले विद्युतीय सवारी स्वदेशी बिजुली खपतका साथै वातावरण मैत्री रहेका कारण नेपालको लागि उपयुक्त रहेको बताए ।

हाइड्रो एक्स्पोको सुरुवात अघि भएको र्‍याली  कमलादीको स्काई वाक टावरबाट सुरु भई सिंहदरबार, बानेश्वर, सातदोबाटो, एकान्तकुना, पुल्चोक, त्रिपुरेश्वर, नारायणहिटी, हुँदै भृकुटी मण्डपमा गएर समापन भएको थियो ।

र्‍यालीमा ३ सयभन्दा बढी विद्युतीय सवारी सहभागी थिए ।

एक्स्पोमा पहिलो दिन ३ वटा प्राविधिक सत्रहरू आयोजना गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले भोलि बिहीबार एक्स्पोको उद्घाटन गर्ने भएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
791SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?