काठमाठौं । काठमाडौँबाट सोलुखुम्बुको कुल्लाका लागि उडेको तारा एयरको जहाजको आपत्तकालिन झ्यालको सिसा खसेको छ ।
काठमाडौँबाट ९ बजेर ३१ मिनेटमा उडेको जहाज ल्याण्ड गरिसक्दा आपत्तकालिन झ्यालको सिसा नदेखिएको त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयको भनाई छ ।
झ्यालको सिसा खसेको भए पनि विमान भने सहज तरिकाले ल्याण्ड भएको नागरिक उड्डयन कार्यालयको भनाई छ । कल साइन ९ एन एएलओ भएको जहाँको सिसा बाटोमा खसेको आशंका गरिएको छ ।

































