National life

काठमाडौंमा वायु गुणस्तर निगरानी उपकरण जडान

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२५ मंसिर २०८१, मङ्गलबार
1.3kShares
काठमाडौंमा वायु गुणस्तर निगरानी उपकरण जडान
ncell

काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘पार्टनरसिप फर हेल्दी सिटिज’ (पहल) को सहकार्यमा महानगर क्षेत्रभर वायु गुणस्तर निगरानी उपकरण जडान सुरु गरेको छ । महानगरको मुख्य कार्यालयमा एक समारोहका बीच उपमेयर सुनिता डंगोलले सोमबार सो कार्यको औपचारिक उद्घाटन गरिन् ।

उपमेयर डंगोलले उपकरण जडान पश्चात वास्तविक तथ्यांक प्रयोग गरी सूचित नीतिहरु बनाउन र स्वस्थ वातावरण सुनिश्चित गर्न महानगरपालिकालाई सहयोग पुग्ने बताइन् । उनले भनिन्, ‘काठमाडौँमा वायु प्रदूषण घटाउन यो महत्वपूर्ण यात्राको सुरुवात हो ।’

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

महानगरपालिकाको वातावरण व्यवस्थापन विभाग प्रमुख सरिता राईले वायु प्रदूषण विरुद्ध लड्न महानगरपालिकाको प्रतिबद्धताअनुसार उपकरण जडान थालिएको उल्लेख गरिन् । महानगरले छिट्टै सवारी साधन प्रदूषण जाँच थालनी गर्ने तयारी गरेको तथा फोहोर जलाउनेलाई कडा कारबाही गरिएको उनले जानकारी गराइन् ।

कार्यक्रममा परियोजना प्रमुख इन्जिनियर सञ्जीव पाण्डेले वायु गुणस्तर उपकरणको प्राविधिक पक्षका बारेमा जानकारी गराउँदै जडान पश्चात सम्पूर्ण तथ्यांकमा महानगरवासी सुसूचित हुने बताए ।

यस परियोजनाअन्तर्गत, महानगरले १८ वटा ‘क्ल्यारिटी नोड–एस’ वायु गुणस्तर ‘सेन्सर’ स्थापना गर्दैछ । यसले वायुमा रहेको ‘पीएम २.५’ को वास्तविक समयको डाटा प्रदान गर्नेछ । पीएम २.५ भनेको वायुमण्डलमा पाइने साना धुलोका कणहरु हुन्, जसले फोक्सो र रक्तप्रवाहमा गहिरो असर गर्न सक्दछन् ।

यसले श्वासप्रश्वास र हृदयसम्बन्धी रोग उत्पन्न गराउनुका साथै दम, एलर्जी र फोक्सोको क्यान्सर जस्ता समस्या निम्त्याउँछ । विशेष गरी बालबालिका, वृद्धवृद्धा र पहिल्यै रोग भएका व्यक्तिहरु यसबाट बढी प्रभावित हुन्छन् । यी प्रविधिगत उपकरण सौर्य ऊर्जाबाट चल्ने र ‘इनबिल्ट डेटा कनेक्टिभिटी’सहित छन्, जसले वास्तविक समयको डेटा महानगरको केन्द्रीय ‘ड्यासबोर्ड’मा पठाउने छन् ।

‘स्वच्छ र सफा महानगर अनि स्वस्थ महानगरवासी’ को उद्देश्यलाई आत्मसात गर्दै महानगरपालिकाले वायुप्रदूषण नियन्त्रण र वातावरणीय सुधारका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।

रासस

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?