National life

काठमाडौं–ल्हासा सिधा हवाई उडान सुरु

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१२ पुस २०८०, बिहिबार
485Shares
काठमाडौं–ल्हासा सिधा हवाई उडान सुरु
ncell

काठमाडौं । काठमाडौं–ल्हासा सिधा हवाई उडान सुरु भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले बिहीबार हिमालयन एयरलाइन्सको काठमाडौं–ल्हासा सीधा हवाई उडानको उदघाटन गरेका हुन् ।

उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री किराँतीले नेपाल–चीन सम्बन्धमा काठमाडौं–ल्हासा सिधा हवाई उडान दोस्रो सेतुकोरुपमा स्थापित भएको बताए ।

‘सन् १९६५ मा निर्माण सम्पन्न भएको अरनिको राजमार्गले उत्तरतर्फको ढोका खुल्यो र व्यापारको आकार पनि बढ्यो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यसैले, अरनिको राजमार्गलाई चीनसँगको सम्बन्धको पहिलो सेतु मानिन्छ । अब दोस्रो प्रमुख सेतु हुनेछ– नेपालबाट तिब्बतमा हुने सोझो हवाइ उडान,’ मन्त्री किराँतीले भने ।

यो उडानले चिनियाँ पर्यटक नेपाल भित्राउन टेवा पुग्ने विश्वास व्यक्त गरे । तिब्बतको ल्हासामा प्रतिवर्ष लगभग १ करोड पर्यटकहरु घुम्न आउने र तीमध्ये ठूलो संख्या चिनियाँ बौद्ध धर्मावलम्बीहरुको हुने भन्दै मन्त्री किराँतीले त्यसको २५ प्रतिशत चिनियाँ पर्यटक मात्रै नेपाल भित्राउन सकियो भने अर्थतन्त्रमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरे ।

 

यो समाचार शेयर गर्नुहोस्
485SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?