National life

किंग लङ्गको नयाँ १६ सिटर सार्वजनिक, सेग्मेन्टमै पहिलो ब्लेड ब्याट्रीसहित नेपालमा भव्य लन्च सम्पन्न

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|१४ वैशाख २०८३, सोमबार
1.2kShares
किंग लङ्गको नयाँ १६ सिटर सार्वजनिक, सेग्मेन्टमै पहिलो ब्लेड ब्याट्रीसहित नेपालमा भव्य लन्च सम्पन्न
ncell

काठमाडौं। सीजी मोटर्सले अत्याधुनिक प्रविधि र दमदार प्रदर्शनसहितको किंग लङ्ग १६ सिटर इलेक्ट्रिक भ्यान औपचारिक रूपमा सार्वजनिक गरेको छ। यस नयाँ मोडेलले नेपालको व्यवसायिक विद्युतीय सवारी क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्ने अपेक्षा गरिएको छ।

लन्च कार्यक्रमका प्रमुख अतिथि वडा नं. ३ का वडा अध्यक्ष श्री प्रेम थापाले रिबन काटेर कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यस १६ सिटर भ्यानको मुख्य विशेषता यसको ७५.४१ kWh ब्लेड ब्याट्री हो, जुन यस सेग्मेन्टमै पहिलो हो। यो ब्याट्रीले उच्च सुरक्षा, लामो आयु र उत्कृष्ट रेंज प्रदान गर्दे दैनिक सञ्चालनलाई अझ विश्वसनीय बनाउँछ।

यससँगै १२० किलोवाटको शक्तिशाली मोटरले सशक्त परफर्मेन्स सुनिश्चित गर्छ भने आरामदायी र फराकिलो इन्टेरियरले यात्रुहरूको यात्रा अनुभवलाई अझ सहज र सुखद बनाउँछ।

King Long सन् १९८८ मा चीनको सियामेनमा स्थापना भएको बस तथा कमर्शियल भेहिकल निर्माता कम्पनी हो । तीन दशकभन्दा लामो अनुभवसहित कम्पनीले बस, कोच र कमर्शियल भ्यान निर्माणमा विश्व बजारमा आफ्नो उपस्थिति बलियो बनाउँदै आएको छ ।

सीजी मोटर्सका अनुसार यो सवारी नेपालमा बढ्दो इको-फ्रेन्डली, सुरक्षित, उच्च क्षमता र किफायती यातायात समाधानको आवश्यकतालाई ध्यानमा राखेर ल्याइएको हो। नेपालभर किंग लङ्गले हालसम्म ५,०००+ युनिट बिक्री, २६०+ चार्जिङ स्टेशन, २०+ सर्भिस स्टेशन र १४ डिलर नेटवर्कमार्फत ग्राहकहरूलाई सेवा दिँदै आएको छ।

नयाँ किंग लङ्ग १६ सिटर रु. ७२,५०,००० को प्रारम्भिक मूल्यमा उपलब्ध छ, जसले यातायात व्यवसायी र फ्लीट अपरेटरहरूका लागि आकर्षक विकल्प प्रस्तुत गर्छ ।

सम्पर्कका लागि: +977-9802340946/9802375603/9801462823 • सीजी मोटर्स, पानीपोखरी, काठमाडौं

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?